हिमालयदेखि सिम्रिक एयरसम्मले विमानस्थललाई ४८ करोड बुझाएनन्, नाफा कमाउने वायुसेवाको शुल्क सरकारले मिनाहा गर्नुपर्ने ?


आर्थिकन्यूज

काठमाडौं, फागुन ३०। नेपालमा उडान गरिरहेका चल्तिका वायुसेवा कम्पनीले नै सरकारी शुल्क बुझाएका छैनन् । राजनीतिक लविङका आधारमा शुल्क नबुझाउने र नाफा कमाउने वायुसेवाले नै सरकारसँग शुल्क मिनाहाको प्रस्ताव गर्न थालेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट उडान तथा अवतरण गर्ने नेपालकै निजी क्षेत्रको अग्रणी अन्तर्राष्ट्रिय उडानको वायुसेवा कम्पनी हिमालय एयरदेखि आन्तरिक वायुसेवा कम्पनी सिम्रिक र सौर्य एयरसम्मको सरकारी शुल्क बाँकी छ ।

नेपालबाट तीन वर्षदेखि नियमित अन्तर्राष्ट्रिय उडान गरिरहेकै वायुसेवा कम्पनी हिमालयले सरकारलाई करिब २० करोड रुपैयाँ तिर्न बाँकी छ । पछिल्लो समय यो वायुसेवा कम्पनी निरन्तर घाटामा गएको, नाफामुलक गन्तव्यमा उडान गर्न नसकेको र पूर्ण क्षमतामा उडान गर्न नसक्दा घाटामा गएको पनि उल्लेख छ ।

जहाज कम्पनी घाटामा जान थालेकै कारण यो वायुसेवाले विमानस्थल कार्यालयलाई तिर्नुपर्ने २० करोड रुपैयाँ बाँकी राखेको उल्लेख छ । यो वायुसेवाले घाटामा उडान हुन थालेपछि भएका तीनवटा जहाजमध्ये दुईवटा भाडामा लगाउँदै छ । यसले एउटा जहाज ओमानको सलाम एयरलाई भाडामा दिइसकेको छ भने अर्को एउटा पनि दिने तयारी गरेको छ । ने

पाल नागरिक उड्डडयन प्राधिकरणले भने कम्तिमा २ वटा जहाजबाट उडान गर्नेपर्ने भन्दै यसको एउटा जहाजालाई मात्रै भाडामा दिन अनुमति दिएको छ । यो वायुसेवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई जहाज ल्याडिङ, पार्किङ, एयर नेभिगेसन, मासिक शुल्कसहितको करिब २० करोड रुपैयाँ तिर्न बाँकी राखेको छ ।

विमानस्थल कार्यालयका अनुसार नेपालबाटै उडान गर्ने हिमालय एयरलाइन्सको मात्रै कबिर २० करोड रुपैयाँ पुगिसक्दा पनि थोरै रकम तिर्ने र धेरै बाँकी नै राख्ने गरिरहेको छ । यो वायुसेवाले हाल ३ वटा न्यारोबडी जहाज उडान गरिरहेकोमा एउटा जहाज भाडामा लगाएपछि अब योसँगदुइवटा मात्रै हुने छ । यी जहाजको एक वर्षदेखिको रकम बाँकी राख्दा र समयमा नै नतिर्दा जरीवानासहितको रकम बढ्दै गएको हो ।

विमानस्थल कर्याालयले समयमा नै बाँकी रकम नबुझाए उडान अवतरणमा रोक लगाउने भनेपछि फागुन दोस्रो साता एक करोड रुपैयाँ बुझाएको भएपनि फागुन महिनासम्मको थप शुल्लका कारण २० करोडकै हाराहारीमा रकम बाँकी भइसकेको छ ।

यसले मासिक ७५ लाख रुपैयाँ नियमित तिर्ने सममति गरेको भएपनि ठूलो रकम तिर्न बाँकी रहेको र मासिक शुल्क पनि थप हुँदै जाने भएकोले समयमा नै चुक्ता हुनेमा अझैं शंका छ । यसले २० करोडको रकम मासिक ७५ लाखले तिर्दै जाने हो भने बक्यौता रकम भुक्तानी गर्न मात्रै २६ महिना लाग्छ । त्यो समयसम्मको दण्ड, जरीवाना, व्याज अतिरिक्त शुल्क चाहिँ के हुने भन्ने कुनै उल्लेख छैन् ।

यस्तै नेपालमा अन्तर्राष्ट्रिय उडान गरेको र नाफा नभएको तथा शुल्क तिर्न बाँकी भएकै कारण मलेसियाको एयर एयिसया एक्स नेपालबाट फिर्ता गएको छ । यो वायुसेवाले नेपालबाट कामदार मसेसिया जान रोकिएपछि उडान तालिका घटाएको थियो । ३२० जना एकैपटक बोक्ने यसका जहाजले ५०/६० जना पनि यात्रु नपाएपछि उडान नै बन्द गरेको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

यो वायुसेवाले विमानस्थल कार्यालयलाई अझै २० करोड रुपैयाँ तिर्न बाँकी छ । यो वायसेवाले आफूले तिर्नुपर्ने सावा तिरिसकेको र यो व्याज र अन्य शुल्क भएको भन्दै तिर्न मानेको छैन् । यो वायुसेवाले उल्टै यो शुल्क राजनीतिक निर्णयबाट मिनाहा गराउन खोजेको छ ।

आन्तरिक उडानको चल्तिको वायुसेवा कम्पनी सिम्रिक एयरको पनि विमानस्थल कार्यालयलाई ४ करोड रुपैयाँ तिर्न बाँकी छ । यो वायुसेवाले दुईवटा जहजमार्फत नियमित उडान गरिरहेको र जहाज नाफामूलक गन्तव्यमा जाने गरेको र लाभ लिइरहेको भएपनि यसले सरकारी शुल्क भने बाँकी नै राखेको छ ।

यसले पनि यही फागुन दोस्रो साता मासिक १८ लाखका दरले बक्यौता रहम घटाउने भनेको छ । ४ करोडको रकम माहिनामा जम्मा १८ लाख रुपैयाँ मात्रै तिर्दै जाने हो भने बक्यौता रकम तिर्न मात्रै २२ महिना लाग्छ ।

यस्तै पैसा नतिरेकै कारण ४ महिनादेखि उडान रोक लागेको सौर्य एयरलान्सले पनि ४ करोड रुपैयाँ बुझाउन बाँकी छ । यो वायुसेवाले भारतीय व्यापारिक समूहलाई ४९ प्रतिशत शेयर बिक्री गरेकोले अब नियमित उडान सुरु त गरेको छ । तर यसले पनि बाँकी बक्यौता भने चुक्ता गरेको छैन् ।

जम्मा ५० लाख रुपैयाँ बुझाएको र मासिक सोही नै रकम बुझाएर बक्यौता घटाउने जाने सहमति विमानस्थल कार्यालयलाई गरेको छ । यसले पनि ४ करोड बक्यौता मासिक ५० लाखका दरले तिर्दै जाँदा बाँकी रकम चुक्ता गर्न मात्रै ८ महिना लाग्ने भएको छ ।

विमानस्थल कार्यालयका अनुसार सबैभन्दा पैसा बढी बाँकी राखेको र तिर्ने सहमति दिएर पनि नतिरेको तथा बाउन्स चेकका कारण थप विवादमा आएको मेलेसियन एयर एसिया एक्सको पैसा भने जोखिममा परेको छ । यो वायुसेवाले नेपाल उडान बन्द गरिसकेकोे छ ।

कुन वायुसेवाले कति रकम तिर्न बाँकी छ ?
हिमालय एयरलाइन्स        २० करोड
एयर एसिया एक्स           २० करोड
सिम्रिक एयरलाइन्स         ४ करोड
सौर्य एयरलाइन्स            ४ करोड
स्रोतः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयल

फेसबुकबाट तपाईको प्रतिक्रिया