स्पर्श लघुवित्तको आईपिओमा ३३ गुणा बढी आवेदन


आर्थिकन्यूज

काठमाडौं, फागुन २९ । स्पर्श लघुवित्तको आईपिओमा ३३ गुणा बढी आवेदन परेको छ । ८३ करोड २७ लाख ६३ हजार रुपैंयाको आवेदन परेको परेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

कूल २ लाख ६९ हजार ६३ कित्ता साधारण शेयर निष्काशन गरेकोमा ४ हजार १४८ कित्ता लघुवित्तका कर्मचारी र सामूहिक लगानी कोषलाई १३ हजार ४८२ ९५ प्रतिशत छुट्टाएको छ ।

देशभरीबाट परेका आवेदनको तथ्यांक संकलन भईनसकेले आवेदकको संख्या बढ्न सक्ने बताएको छ । लघुवित्तले सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्टाएर सर्वसधारणहरुबाट दुई लाख ५२ हजार कित्ता शेयरमा आवेदन माग गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया