टोयोटाले गर्यो “रस टु मुस्ताङ्ग” यात्रा


आर्थिकन्यूज

काठमाडौं, फागुन २९ । टोयोटाद्धारा ६ दिन लामो “रस टु मुस्ताङ्ग” नामक यात्रा गरेको छ । टोयोटाको नयाँ एस यु भीको हरेक प्रकारको सडकमा यसको प्रदर्शन शानदार रहेको जनाएको छ । ७ वटा रस एस यु भी द्वारा गरियको ६ दिन लामो मुस्ताङ्ग यात्रा गरेको थियो ।

फरक प्रकारका भौगोलिक अवस्थिति, धरातल र सडकहरु पार गर्दै मुस्ताङ्गसम्मको यात्रा पुरा गरियको उक्त यात्रा फाल्गुण २० देखि काठमाडौबाट शुरु भई फाल्गुण २६ गते पोखरामा समापन भएको हो ।

टोयोटाको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता युनाइटेड ट्रेड सिण्डिकेटका सदस्य र विभिन्न मिडियाकर्मिहरुको संयुक्त सहभागितामा यो यात्रा सफलतापुर्वक सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया