अन्तर्राष्ट्रिय माउन्टेन गाइडलाई सरकारी मान्यता, लाखौको कमाई हुनेमा कर्मचारीबीचमै चलखेल


आर्थिकन्यूज
अन्नपूर्ण-हिमाल

काठमाडौं, फागुन २९ । अन्तर्राष्ट्रिय माउन्टनेट गाइडले सम्पर्क अधिकृत सरहको मान्यता पाएका छन् । नेपाल सरकारले सम्पर्क अधिकृत सरहको मान्यता दिने र पर्वतारोहणमा प्रयोग गर्न सक्ने व्यवस्था गर्ने भएको छ । नेपालको पर्वतारोहण सम्बन्धि गाइडलाई अन्तर्राष्ट्रिय अल्पाइन क्लब युआइएएएले मान्यना दिएको भएपनि नेपाल सरकारले नै मान्यता दिएको थिएन ।

अब भने नेपाका ट्रेकिङ बाहेकका पर्वतारहोण गाइडले नेपाल सरकारबाट पनि मान्यता पाएको नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङले बताए । उनका अनुसार अन्तर्राष्ट्रिय संस्थाले मान्यता दिने नेपाल सरकारले मान्यता नदिने हुँदा आरोहणमा समस्या हुने थियो ।

अब भने सम्पर्क अधिकृतको रुपमा पर्वतारोहण गाइडलाई पनि लैजान सकिने छ । तर यो विषयमा पनि सरकारले नै निर्णय गरेर गाइडलाई सम्पर्क अधिकृत लैजाने व्यवस्था हुनुपर्छ ।

हाल नेपाल सरकारका कर्मचारी मात्रै सम्पर्क अधिकृतको रुपमा हिमाल आरोहणमा जाने गरेका छन् । यसमा पनि पर्यटन मन्त्रालय अन्तर्गतका पर्यटन विभागका कर्मचारी पहलिो प्राथमकितामा, पर्यटन मन्त्रालयका कर्मचारीले नपुगे मात्रै अन्य मन्त्रालयबाट हरेक सिजनमा एउटा सरकारी कार्यालयबाट एक जनको दरले मात्रै पर्यटनले मागेर सम्पर्क अधिकृत लैजाने गरेको छ ।

आरोहीसँगै सगरमाथा आधार शिविर पुगने यस्ता सम्पर्क अधिकृतले पर्वतारहोणको रेकर्ड राख्ने, आरोहीको गतिविधि निगरानी गर्ने, आरोहीले आरोहण गरेको पुस्टि गर्ने काम गर्छ । यो काम पर्यटन मन्त्रालयका कर्मचारीको लागि कमाई र साहसिक गन्तव्यमा जान पाइने भएकोले आकर्षक हुने गरको छ । एकपटक सम्पर्क अधिकृत भएर जाने कर्मारीले लाखौ कामाउने भएकोले पनि यसतर्फ बढी आकर्षण हुने गरेको छ ।

नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघमा ५० जना अन्तर्राष्ट्रिय र १८ राष्ट्रिय गाइड आबद्ध छन् । अन्य पेसाभन्दा फरक, जोखिमपूर्ण अनि महँगो भएकाले सुब्बा र अधिकृत स्तरको सीप प्रमाणित गर्ने निर्णय सीटीईभीटीले गर्छ । सीप परीक्षणले माउन्टेन गाइडको वृत्तिविकास, वैदेशिक रोजगारमा थप मान्यता, काम गर्दा उचित पारि श्रमिक पाउन सहयोग, उद्धारजस्ता कार्यमा सेना, प्रहरी, लोकसेवामा प्रवेश पाउने सम्भावना बढ्नेछ ।

सरकारी मान्यता प्राप्तिसँगै हिमालमा सम्पर्क अधिकृतका रूपमा खटिएर काम गर्ने अवसरसमेत उनीहरूले पाउनेछन् । अन्तर्राष्ट्रिय गाइडले २४ देशमा र राष्ट्रिय गाइडले नेपालभित्र मात्रै गाइड गर्न पाउँछन् । सीप परीक्षणको व्यवस्थाले विश्वमा गाइडप्रतिको दृष्टिकोणमा सकारात्मक सन्देश जाने छ ।

अन्तर्राष्ट्रिय गाइडलाई सम्पर्क अधिकृति दिँदा कर्मचारीको अवसर र लाखौको कमाई रोकिने भन्दै पर्ततारोहणमा सम्पर्क अधिकृत बनेर पठाउने विषयमा भने रोक्ने चलखेल कर्मचारीले नै गरिरहेका छन् । नयाँ आउने संघीय पर्यटन ऐनमै अन्तर्राष्ट्रिय माउन्टेन गाइडलाई सम्पर्क अधिकृत बनाउने लबिङमा नेपाल पर्वतारोहण संघ लागेको छ । संघले मन्त्रालयमा आवश्यक सुझाव पनि पेश गरिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया