मनकामना केवुलकार नियमित मर्मतका गर्न २ दिन बन्द हुने, बिहीबार र शुक्रबार केबुलरका ठप्प


आर्थिकन्यूज

काठमाडौं, फागनु २९ । मनकामना केवुलकार भोली बिहीबार र पर्सि शुक्रबार दुई दिन बन्द हुने भएको छ । केवुकारको नियमित मर्मतका लागि बन्द गर्ने निर्णय गरेको मनकामन केवुलकार प्रालिले सार्वजनिक सूचना जारी गरेरै जानकारी दिएको छ ।

नेपालको पहिलो मनकामना केवुलकार दुई दशकदेखि अनवरत रुपमा सेवा दिइरहेको कम्पनी हो । यसले केबुलकार बन्द हुँदा मनकामना दर्शनको निम्ति पुग्ने आम सर्वसाधारण, भक्तजन, तथा श्रदालुका निम्ति पर्न गएको असुविधाप्रति क्षमा माग्दै केबुलकार बन्द गर्ने भएको छ ।

केबुलकार बन्द भएपनि थाहा नपाएर टाढाबाट आउने तथा सेवा लिन चाहने ग्राहकका लागि भने यसको रेस्टुरेन्ट व्यापार भने खुलै हुने छ ।

यसको कुरिनटारस्थित केबुलकार बटम स्टेशनमा रहेको रेस्टुरेन्ट र दि मनकामना क्याफे भने खुला हुने जानकारी पनि मनकामना दर्शन प्रालिले दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया