विश्वभरीका पर्यटकले भ्रमण गर्नै पर्ने देशको रूपमा नेपालः मन्त्री ज्ञवाली


आर्थिकन्यूज

काठमाडौं फागुन २६ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले नेपाल विश्वभरीका पर्यटकहरुको रोजाइको देश बन्न पुगेको बताएका छन् ।

हिमालय ट्राभल्स म्यागाजिनको २० औं वार्षिकोत्सव कार्यक्रममा आइतबार बोल्दै मन्त्री ज्ञवालीले नेपाल विश्वका पर्यटकहरुले भ्रमण गर्नै पर्ने देशकारुपमा नेपाल स्थापित हुँदै गएको बताए ।

मन्त्री ज्ञावालीले नेपालमा भएका हिमाल, धार्मिक स्थलहरु, नेपालको मौलिक संस्कृति र नेपालीले गर्ने अतिथि सत्कारको कारण पर्यटकको रोजाईको देश बन्न पुगेको भन्दै ति सम्पदाहरुको संरक्षणमा सरकार लागिरहेको बताए ।

नेपालको सौन्दर्यतालाई विश्वसामु फैलाएर ट्राभल्स हिमालयन म्यागाजिनले पर्यटकको आकर्षण वढाएको बताए । उनले नेपाल भ्रमण वर्ष २०२०को लक्ष्य पुरा गर्न सरकार लागि परेकोले यस म्यागजिनले आगामी दिनमा पनि नेपाललाई विश्वमा चिनाउन उत्तिकै साथ सहयोगको अपेक्षा हरेको बताए ।

पर्यटकको विषेश प्रस्तुतिको रुपमा रहेको यस म्यागेजिनले २०२० मा २० लाख पर्यटक भित्र्याउन सहयोग गर्ने आयोजकले बताएको छ ।

ट्राभल हिमालयले स्वदेशमा भन्दा पनि विदेशमा राम्रो छाप छोड्ने गरेको छ । यस म्यागेजिनले २०२० मा २० लाख पर्यटक भित्र्याउन ठुलो भुमिका खेल्ने बताएका छन् ।

मन्त्री ज्ञवालीले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्ययटक भित्र्याउनका लागि अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थल निर्माणमा तिब्रता दिनु पर्नेमा जोड दिए । साथै सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा पर्यटन क्षेत्रको विकासका लागि प्र्रयक्ष वैदेशिक लगानी भित्र्याउन सरकार र दातृ निकायका बिच राणनितिक छलफल गरिने मन्त्री ज्ञवालीको भनाई थियो ।

यस्तै पर्यटन, संस्कृति तथा नागरिक उड्डययन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले नेपाल भ्रमण वर्ष २०२० का लागि सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने बताए । भ्रमण वर्षमा लक्षित कार्यक्रमहरुले पर्यटनका माध्यमबाट मुलुकको आर्थिक वृद्धि, रोजगारीको अवसर र गरिबी निवारणमा टेवा पुर्याउने सचिव सापकोटाको भनाई थियो । यसका साथै पर्यटन क्षेत्रको विकासका लागि दिर्घकालिन योजना तर्जुमा गर्नु पर्नेमा सचिव सापकोटाले जोड दिए ।

काय्र्रक्रममा नेपालका लागि भारतीय राजदुत मञ्जीत सिंहले अन्तरदेशीय पर्यटकलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन् । उनले नेपाल भारत सीमामा पर्यटन क्षेत्रलाई प्रभावकारी बनाउदै पर्यटकीय गन्तव्यका साथै पर्यटन प्रवद्र्धनमा लाग्दा भ्रमण वर्ष सफल बनाउन सहज हुने बताए । भ्रमण वर्षलाई सफल बनाउनका लागि पुर्वाधार मात्र नभई समग्र मुलुकका पर्यटकीय गन्तव्यलाई विश्व बजारमा चिनाउने अभियानको तिब्रतालाई रातदुत सिंहले जोड दिए ।

नेपाल पर्यटन बोर्डका पुर्व प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले नेपालको पर्यटन क्षेत्रको विकासमा विश्वव्यापीकरणका लागि सूचना प्रवाह गर्न विद्युतीय माध्यमका साथै फोटो, श्रव्यदृष्य सामग्रीहरुले महत्वपुर्ण भुमिका खेल्ने बताए ।

कार्यक्रमको आयोजक ट्राभल हिमालय म्यागेजिनका सम्पादक राजाराम गिरीले नेपालको पर्यटन क्षेत्र विकासको चुनौती र अवसरका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र मार्फत गिरीले नेपाल पर्यटकीय गन्तव्यका लागि विश्वको उत्कृष्ट गन्तव्य भए पनि पर्यटकको आगमन छिमेकी मुलुकको तुलनामा न्युन भएको उजागर गरे । सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएकोमा मुलुकले ठुला पुर्वाधारको विकाससँगै साना तथा अत्यावश्यक विषयमा ध्यान दिन सरकारसँग आग्रह गरे ।

कार्यक्रममा ट्राभल हिमालय म्यागेजिनको २० औं वर्षको १ सय ३४ औं संस्करणको बिमोचन पनि गरिएको थियो । कार्यक्रममा नेपालका लागि बंगलादेश, अष्ट्रेलिया, इजरायल लगायत मुलुकका राजदुतहरुको सहभागिता रहेको थियो । साथै कार्यक्रममा पर्यटन क्षेत्रसँग आबद्ध विभिन्न निकाय, अन्तराष्ट्रिय हवाई संस्था, व्यवसायी लगायतको उल्लेख्य सहभागिता थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया