आज सबै म्यानपावर बन्द


आर्थिकन्यूज

काठमाडौं, फागुन २६ । सुरक्षाको माग गर्दै वैदेशिक रोजगार व्यवसायीहरुले आज व्यवसाय बन्द गरेका छन् । शुक्रबार साँझ वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा शक्तिशाली बम विष्फोट भएको विरोधमा व्यवसायीहरुको आकस्मिक भेलाले व्यवसाय बन्द गर्ने निर्णय गरेको हो ।
चन्दा नदिएको भन्दै नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपाले बम विष्फोट गराइएको व्यवसायीहरुले दाबी गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया