एलाइन्सले दिन्छ अब ल्यापटप, मोबाइल, प्रोजेक्टर र प्रिन्टर बनाउने तालिम


आर्थिकन्यूज

काठमाडौं, फागुन २५ । आम सर्वसाधारणले प्रयोग गर्ने मोबाइल, ल्यापटप र प्रिन्टर जस्ता विद्युतीय सामग्री जस्तासुकै स्थानमा प्रयोग गर्दा बिग्रिने खतरा उत्तिकै हुन्छ । तसर्थ, राम्रो स्थान पहिचान गरेर मात्रै त्यस्ता सामग्री मर्मत गर्नु लैजानु उचित हुन्छ ।

बागबजारमा रहेको ‘एलाइन्स ल्यापटप रिपेरिङ एन्ड ट्रेनिङ सेन्टर’ गुणस्तरीय काम गर्ने संस्थाको रुपमा चिनिन्छ । आईएसओ प्रमाणित उक्त संस्था सरकारको प्राविधिक शिक्षा दिने संस्था सीटीईभीटीबाट समेत मान्यताप्राप्त छ ।

उक्त कम्पनी तालिमपश्चात शतप्रतिशत रोजगारीको ग्यारेन्टीसहित कम्प्युटर, ल्यापटप, मोबाइल ट्रेनिङ सञ्चालन गर्दै आएको कम्पनीका प्रमुख दीपक पोखरेलले बताए ।

आईफोन, सामसुङ, म्याक, इम्याक मर्मतका लागि स्पेसल कक्षाको समेत व्यवस्था रहेको पोखरेलको भनाइ छ । एलाइन्सले विगत ८ वर्षदेखि नेपालमा कम्प्युटर, ल्यापटप र मोबाइलको क्षेत्रमा चिप्स लेबलको तालिम प्रदान गर्दै आएको छ । यसरी चिप्स लेबलको तालिम दिने सस्था यो नै पहिलो भएको प्रबन्ध निर्देशक पोखरेलको दाबी छ ।

जसले चिप्स लेवलका तालिमा सञ्चालन गरेर ख्याति मात्र कमाएको छैन हजारौं युवालाई रोजगारीसमेत दिएको छ । शतप्रतिशत रोजगारीको ग्यारेन्टीसहित आत्मनिर्भर गराउने कामसमेत गरको छ । यस कम्पनीले युवालाई रोजगारी सिर्जना गर्नुका साथै युवा उद्यमशीलता र जागरुकता ल्याएको छ ।

यस कम्पनीमा कलाकार महादेव त्रिपाठीले समेत सहकार्य गरेका छन् । एलाइन्सले ल्यापटप, कम्प्युटर, मोबाइल, प्रोजेक्टरलगायतका सामग्रीको चिप्स लेबल ट्रेनिङमा रोजगारीसहित एकवर्षको प्याकेज सञ्चालन गरेको छ । आफैं स्वरोजगार बन्न चाहने युवायुवतीलाई रोजगारीको ग्यारेन्टी दिँंदै आत्मनिर्भर बन्न सहयोग गर्दै आएको छ ।

विभिन्न देशमा आफूले १० वर्षसम्म हासिल गरेको अनुभवबाट तालिम सञ्चालन गरी नेपालमा धेरै युवालाई रोजगार दिलाइसकेको कम्पनीको भनाइ छ ।

तालिम लिएको एक वर्षमै युवाले राम्रो आम्दानी हुने गरी काम गर्न सक्ने बनाउने प्रबन्ध निर्देशक पोखरेल बनाउँछन् ।
मोबाइल, कम्प्युटर ल्यापटपमा आउने जुनसुकै समस्या पनि मेसिनबाट २० मिनेटभित्रै पत्ता लगाई २४ घण्टामै डेलिभरी गर्न सक्ने ग्यारेन्टी गरेको संस्थाले आफ्ना विद्यार्थीलाई पनि सोही लेवलकै तालिम प्रदान गरी पूर्ण दक्ष बनाउने बताएको छ ।

‘हाम्रो एउटै भनाइ के हो भने, ७०–८० हजार रूपैयाँ हालेर किनेको मोबाइल ल्यापटप, प्रोजेक्टर बिग्रियो भने सीधंै बोर्ड चेन्ज गर्ने होइन, थोरै खर्चको मर्मतबाट पनि चलाउन सकिन्छ भन्ने प्रमाणित गरिसकेका छौं’ पोखरेलले भने ।

एलाइन्स नै किन ?

एलाइन्स् नेपालको सम्बन्धमा हरेक टेस्टिङ प्रविधिबाट तालिम दिने एकमात्र तालिम सेन्टर हो । यस सेन्टरमा तालिम सिक्ने विद्यार्थी विदेशका जुनसुकै कुनामा गएर पनि काम गरी आफूलाई आत्मनिर्भर बनाउन सक्ने भएकाले युवायुवतीको पहिलो रोजाइ बन्दै गएको छ ।

विदेशमा जाने युवालाई लक्षित गरेर स्पेशल कोर्स सञ्चालन गर्ने गरिएको समेत प्रबन्ध निर्देशक दीपक पोखरेल बताउँछन् । मोबाइल, कम्प्युटर, ल्यापटपमा आउने जुनसुकै समस्या पनि मेसिनबाट २० मिनेटभित्रै पत्ता लगाई २४ घण्टाभित्र डेलिभरी गर्न सक्ने ग्यारेन्टी गरेको संस्थाले आफ्ना विद्यार्थीलाई पनि सोही लेवलकै तालिम प्रदान गरी पूर्ण दक्ष बनाउने बताएको छ ।

प्रबन्ध निर्देशक पोखरेल भन्छन्–‘हाम्रो एउटै भनाइ के हो भने, ७०–८० हजार रूपैयाँ हालेर किनेको मोबाइल, ल्यापटप, प्रोजेक्टर बिग्रियो भने सीधैं बोर्ड चेन्ज गर्ने होइन, थोरै खर्चको मर्मतबाट पनि चलाउन सकिन्छ भन्ने प्रमाणित गरिसकेका छौं, अर्थात् थोरै रकममा पनि ठूला किसिमका मर्मत गर्न सकिन्छ, हामी यस्तै दक्ष व्यक्ति उत्पादन गर्न निरन्तर लागि परिरहेका छौं ।’

चिप्स लेवलको तालिम बेरोजगार युवालाई बरदान सावित

उच्च शिक्षा हासिल गरेर पनि रोजगारी पाउन नसकेर भौतारी रहने जमात नेपालमा ठूलो छ । एकातिर यस क्षेत्रमा दक्ष जनशक्ति नहुनु, अर्कातिर बेरोजगारीको समस्या झनै बल्झिरहेको अवस्थामा यस किसिमको तालिम बेरोजगार युवाका लागि बरदान बन्ने गरेको छ ।

यस्ता सामग्रीको बढ्दो प्रयोगले पनि दक्ष प्राविधिकको माग उच्च छ । तर, माग अनुसार उत्पादन हुन सकेको छैन । एलाइन्समा आएर तालिम लिएपछि सानो लगानीबाट पनि ठूलो आम्दानी गर्न सकिने, सीप सिकेपछि आफ्नै नेटवर्क अथवा पसल गर्न चाहेमा सहयोग गर्नुका साथै सिकेर विदेश गएपछि पनि आफ्ना विद्यार्थीलाई अनलाइन सपोर्ट दिने गरिएको पोखरेलको भनाइ छ ।

भिडियो हेर्नुहोस्
यो तालिम हरेक प्रकारका युवायुवती अथवा यही फिल्डमा लागेका तर पूर्ण रुपमा काम गर्न नसक्ने, विदेश गएर राम्रो आम्दानी गर्न चाहाना भएका सबै खाले युवाहरूले यस किसिमको तालिम लिन सक्नेछन् । हाल एलाइन्सले चिप्स लेवल तालिमसँगै र आइफोन, सामसुङ, ल्यापटप, प्रोजेक्टर जस्ता सामग्रीका जस्तासुकै समस्याका तत्काल समाधान गर्न सकिने गरी तालिम प्रदान गरिएको सेन्टरको भनाइ छ ।

के छन् त् एलाइन्सका बिशेषता ?

  • १.हरेक टेष्टिङ प्रविधिबाट तालमि गराउने । तालिमपश्चात् रोजगारीको ज्ञारेन्टी ।
  • २.कसैले आफ्नै पसल अथवा मर्मत, तालिम सेन्टर जस्ता व्यवसाय गर्न चाहेमा पूर्ण सहयोग गर्ने ।
  • ३. वदेश जान चाहनेलाई विशेष कोर्स । विश्वका जुनसुकै कुनामा भएपनि अनलाइनबाटै सपोर्ट गरिने ।
  • ४.अन्तराष्ट्रिय स्तरको ल्याव, पढाउदा हरेक मोडलको मदरबोर्ड, सर्किट र रियल प्रब्लममा आधारित रहेर पढाइने ।
  • ५.विद्यार्थी दक्ष नबनुञ्जेल अतिरिक्त शुल्क नलिइने ।
  • ६. किताब लेखक तथा यस क्षेत्रका दक्ष प्राविधिकबाट समेत तालिम गराइने ।
  • ७. सिटिइभिटीबाट मान्यता प्राप्त ।
  • ८. आइएसओ २००९ र २०१५ बाट प्रमाणित ।
  • ९-नेपालको एक मात्र तिन ओटा इन्टरनेस्नल सभिस सेन्टर भएको

फेसबुकबाट तपाईको प्रतिक्रिया