ब्राइट एन्जल्स इंग्लिस बोडिङ स्कुलको २२औं अभिभावक दिवस सम्पन्न


आर्थिकन्यूज

काठमाडौं, फागुन १२ । ब्राइट एन्जल्स इंग्लिस बोडिङ स्कुलको २२औं अभिभावक दिवस तथा १४औं एसईई विद्यार्थी सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

उक्त अवसरमा गत शैक्षिक सत्रमा कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका उत्कृष्ट विद्यार्थीलाई अवार्ड प्रदान गरिएको विद्यालयका प्रिन्सिपल गोविन्दबहादुर थापा क्षत्रीले जानकारी दिए ।

विद्यालयबाट यस वर्षको एसईई परीक्षा उत्तीण गरेका विद्यार्थी तथा उनीहरूका अभिभावकलाई पनि सम्मान गरिएको थियो । थानकोट चेकपोस्टस्थित उक्त विद्यालयले अभिभावक दिवसका अवसरमा सो विद्यालयबाट एसईई परीक्षा उत्तीर्ण गर्र्ने विद्यार्थी तथा अभिभावकलाई सम्मान गर्दै आएको छ । उक्त अवसरमा चन्द्रगिरी नगरपालिकाका शिक्षा शाखा प्रमुख नवराज रिजाल, स्रोत व्यक्ति हरिकृष्ण अर्याल, विद्यालय समन्वयकर्ता मनोजकुमार सिग्देललाई पनि सम्मान गरिएको प्रिन्सिपल गोविन्दबहादुर थापा क्षत्रीले जानकारी दिए ।

चन्द्रगिरी नगरपालिकाका शिक्षा उपसचिव पदमराज आचार्य तथा महानगरीय प्रहरी वृत थानकोटका डीएसपी कुमारविक्रम थापा विशेष अतिथि रहेको उक्त कार्यक्रममा विद्यार्थी गीत, नृत्य, कविता प्रस्तुत गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया