‘अब्बल रणनीति बनाई उत्कृष्ट राष्ट्रियस्तरको विकास बैंक बन्ने योजना छ’


आर्थिकन्यूज

मुलुकको वित्तीय क्षेत्र यतिखेर ‘पर्ख र हेर’ को स्थितिमा रहेको छ । राजनीति मुद्दा ओझेलमा परेका बेला आर्थिक मुद्दालाई सरकार र राजनीतिक दलले जोडतोडका साथ उठाएको स्थिति छ । तर, कुराअनुसार काम भने भएको अवस्था छैन । पटक–पटक दोहोरिँदै आएको तरलता समस्याले वित्तीय क्षेत्रलाई केही धक्का दिएको छ । साथसाथै पछिल्लोपटक देखा परेको नयाँ परिस्थितिले पनि वित्तीय क्षेत्रलाई केही गम्भीर बनाएको छ ।

लामो समयसम्म पोखरामा रहेको कामना विकास बैंक र बुटवल क्षेत्रमा आफ्नो व्यवसायलाई मुख्य आधार क्षेत्र सेवा विकास बैंक मर्जर भएपछि राष्ट्रियस्तरको कामना सेवा विकास बैंक बनेको छ । फागुन १ गतेदेखि बैंकको प्रमुख कार्यकारी अधिकृतका रुपमा प्रविण बस्नेतलृ नेतत्ृव गर्दै आएका छन् । यसअघि सोही बैंकमा नायब प्रमुख कार्यकारी, कामु प्रमुख कार्यकारीसमेत जिम्मेबारी सम्हालेका बस्नेतले नबिल बैंक, एनआईसी एसिया, एनबी बैंकलगायतका वाणिज्य बैंकमा करिब १८ वर्ष उच्च तहमा बसेर बैंकिङ क्षेत्रमा सक्रिय थिए । चार्टर्ड एकाउन्टेटसमेत रहेका बस्नेतसँग राष्ट्रियस्तरको विकास बैंक भएपछि आक्रमक सेवा विस्तारमा रहेको कामना सेवा विकास बैंकका आगामी योजनाका साथै समग्र वित्तीय क्षेत्रको वर्तमान अवस्था र चुनौतीका विषयमा आर्थिकन्युज डटकमले गरेको कुराकानी:

अहिले तरलता अभावको अवस्था केही सहज भएको जस्तो देखिन्छ, अहिलेको अवस्थामा बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको अवस्था कस्तो छ ?

पछिल्लो केही समयको तुलनामा अहिले केही सहज जस्तो देखिए पनि समस्या फेरि नदेखिएला भन्न सकिँदैन । जुन तरिकाले विकास निर्माणका काम तीव्र रूपमा अगाडि बढिरहेका छन् त्यसले बजारमा नगद प्रवाह अवश्य बढेको हाम्रो अनुभव छ । हाम्रोे कुरा गर्ने हो भने हाम्रो करिब ७० प्रतिशत निक्षेप रिटेल वेस भएकाले हामीलाई कहिल्यै केही समस्या आएन । अहिले पनि हामी बिल्कुल सहज अवस्थामा छौं । हाम्रो सीसीडी रेसियो तथा लिक्युडिटी रेसियो पनि स्वस्थ रहेको तथा लगानीका सम्भावनालाई विश्लेषण गर्दै निरन्तर रूपमा ऋण प्रवाह गरिरहेका छौं ।

विकास बैंक र कमर्सियल बैंकले गर्ने कामको प्रकृति पछिल्लो समयमा आएर एउटै जस्तो देखिएको छ । प्रतिस्पर्धा तीव्र छ, दक्ष जनशक्तिको पनि अभाव छ, यसलाई कसरी सम्बोधन गर्न सकिन्छ ?

कामको प्रकृतिले वाणिज्य बैंक र विकास बैंकमा केही फरक नै छ । तर, राष्ट्रिय स्तरका विकास बैंकहरुले समेत अन्तर्राष्ट्रिय लेखामान प्रणाली अपनाउनुपर्ने, वाणिज्य बैंकमार्फत लेटर अफ क्रेडिटलगायतका काम गर्न सकिने हुँदा स्वभावैले हामी कर्मचारीको क्षमता वृद्धि र वृत्ति विकासमा केन्द्रित भइरहेका छौं । एक बैंक तथा वित्तीय संस्थाद्वारा अर्को संस्थामा कार्यरत कर्मचारी लिने कार्य निरुत्साहित गरी इन्डिजिनियस मेथडस् प्रयोग गर्ने गरेमा समग्र बजारलाई फाइदा हुने हाम्रो ठम्याई रहेको छ ।

हालै प्रकाशित वित्तीय विवरण विवरण हेर्दा वाणिज्य बैंकभन्दा विकास बैंकहरुको व्यापार विस्तार उच्चदरमा भएको देखिन्छ, के अब साँच्चिकै विकास बैंकहरू वाणिज्य बैंकका लागि चुनौती भएर आएका हुन त ?

पछिल्लो केही वर्षयता तरलताको समस्या देखिएको बेला पनि विकास बैंकलाई त्यति असहज स्थिति भएन । हामीले निरन्तर निक्षेप संकलन तथा ऋण विस्तार गरिरह्यौं र यसको मुख्य श्रेय हाम्रो रिटेल डिपोजिट तथा ल्यान्डिङ बेस नै हो । स्थानीय कार्यक्षेत्र भएकाले हामीलाई त्यति असहज परिस्थिति आएन ।

वाणिज्य बैंकहरुले विकास बैंकले भन्दा धेरै दरमा निक्षेप लिएको अवस्था पनि रह्यो । समग्रमा प्रविधि, व्यापार व्यवसाय, शाखा सञ्जाल, दक्ष जनशक्तिलगायत सबै कुरामा विकास बैंकहरुले लोभलाग्दो प्रगति गरेको कुरा साँचो हो । तर, निक्षेप परिचालन, एलसी तथा बैंक क्रेडिट कार्ड आदीमा नीतिगत चुनौती सामना गरिरहेका छन् ।

पछिल्लो समयमा कामना सेवा विकास बैंक व्यवसाय बिस्तारमा आक्रामक तरिकाले आइरहेको देखिन्छ, अहिले कस्तो योजनासहित अघि बढिरहनु भएको छ ?

मर्जर अगाडि कामना विकास बैंक पोखरा र सेवा विकास बैंक बुटवल क्षेत्रमा आफ्नो व्यवसायलाई मुख्य आधार क्षेत्र बनाई काम गरेका बैंक हुन् । मर्जपश्चात बैंकको पुँजी २.५ अर्ब भयो, बैंक राष्ट्रिय स्तरमा परिणत भयो । तथापि, भौगोलिक रूपमा समग्र उपस्थिति न्यून रह्यो । तसर्थ, व्यवसाय विस्तारको लागि शाखा सञ्जाल विस्तार गर्नु पहिलो विकल्प रहयो । यस क्रममा हाल बैंकका ६४ वटा शाखा खुलिसकेका तथा थप २३ वटा शाखा पाइप लाइनमा छन् ।

विकास बैंकहरू देशका दूरदराजसम्म पुगेर जनतालाई बैंकिङ सुविधा दिएको अवस्थामा स्थानीय तहमा जाने बजेट विकास बैंकमार्फत पनि परिचालन गर्न मिल्ने व्यवस्था गर्नु न्यायोचित पनि हुन्छ । हामीलाई विश्वास छ यो निर्णयमा अवश्य पुनरावलोकन हुनेछ ।

त्यस्तै गरी देशको राजधानी तथा प्रदेश नम्बर ३ मा समेत उपस्थिति न्युन भएको हुँदा व्यापार व्यवसाय वृद्धि गर्न तथा ग्राहकलाई सेवा प्रदान गर्न चुनौती भएको हुँदा प्रदेश नं ३ को काठमाडौं उपत्यकामा समेत शाखा सञ्जाल विस्तार गर्न आक्रामक हुनु परेको हो ।

अहिलेका राष्ट्रिय स्तरका विकास बैंक धेरै कुरामा सक्षम देखिन्छन । तर, सरकारी बजेट परिचालन गर्न वाणिज्य बैंकहरुलाई मात्रै आधिकारिकता दिइएको छ । विकास बैंकहरुलाई किन न पप्तायको होला ?

यस कुरामा सरकारलाई कन्भिन्स गर्न डेभलपमेन्ट बैंकर्स एसोसिएसन तथा हामीहरु व्यक्तिगत प्रयास पनि गरिरहेका छौं । विकास बैंकहरू देशका दूरदराजसम्म पुगेर जनतालाई बैंकिङ सुविधा दिएको अवस्थामा स्थानीय तहमा जाने बजेट विकास बैंकमार्फत पनि परिचालन गर्न मिल्ने व्यवस्था गर्नु न्यायोचित पनि हुन्छ । हामीलाई विश्वास छ यो निर्णयमा अवश्य पुनरावलोकन हुनेछ ।

उत्पादनशील क्षेत्रमा विकास बैंकहरुको लगानी र यसको भूमिका कस्तो छ ?

उत्पादनशील क्षेत्रमा विकास बैंकहरुको लगानी गणनायोग्य नै छ, मौद्रिक नीतिले उत्पादनशील क्षेत्रमा विकास बैंकहरुले १५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था अनुरुप कामना सेवा विकास बैंकले यस क्षेत्रलाई प्राथमिकतामा राखि अगाडि बढिरहेको छ । हाम्रो लगानीको विविधतालाई हेर्ने हो भने हामीले न्यून आयस्तर भएका विपन्न वर्गदेखि ठूला उद्योगीहरुलाई समेत टेवा पुग्ने गरी कर्जा लगानी गरिरहेको अवस्था छ ।

हाम्रो लगानीको विविधतालाई हेर्ने हो भने हामीले न्यून आय स्तर भएका विपन्न वर्ग देखि ठुला-ठुला उध्योगीहरुलाई समेत टेवा पुग्ने गरि कर्जा लगानी गरिरहेको अवस्था छ ।

व्यवसायिक उत्कृष्टता तथा बजारीकरणको सम्भाव्यता मूल्यांकन गरी उत्पादनशील क्षेत्रमा लगानी प्रक्रिया अगाडि बढाइरहेका छौं । जसबाट नियमनकारी निकायको निर्देशनको परिपालना, बैंकको व्यवसाय विस्तारमा योगदान तथा राज्यको प्राथमिकता अनुसारको काम भइरहेको अनुभव छ ।

बैंकहरुको निक्षेपमा ब्याजदर घटेको तथा कर्जामा नघटेको भन्ने गुनासो धेरै आएको छ, कर्जामा ब्याजदर कहिलेबाट घट्छ ?

केही समय यता बैंकहरुमा तरलता केही सहज भएको महशुस भइरहेको छ, नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप बैंक तथा वित्तीय संस्थाहरुले संस्थाको बेस रेटमा प्रिमियम थपी कर्जामा ब्याजदर तय गर्नुपर्ने व्यवस्था अनुरुप र स्प्रेडदर ५ प्रतिशतको सीमाभित्र कायम गर्नुपर्ने कारण कर्जामा बढी ब्याजदर लिन पाउने अवस्था नै रहँदैन ।

एलसी, क्रेडिट कार्ड, स्थानीय निकायको बैंक खाता सञ्चालन गर्न नपाउने जस्ता नीतिगत व्यवस्था अहिले विकास बैंकका मुख्य चुनौतीहरु हुन् । त्यस्तै आफूले वर्षौंदेखि मेहेनत गरेर सेवा दिएका सेवाग्राही तथा दक्ष बनाएका क्षमतावान जनशक्तिहरू आफ्नै संस्थामा राखिराख्नु पनि अर्को चुनौतीको रूपमा देखिएको छ ।

कामना सेवा विकास बैंकका ग्राहकको हकमा हामीले यस आवको शुरुवातदेखि नै सहज तरलता रहिरहेको कारण ब्याजमा खासै उतार चडाव सामना गर्नु नपरेकाले हाम्रा ग्राहक उच्च व्याजदरको चपेटामा नपरेको जानकारी गराउंँदछु ।

अहिलेको समयमा विकास बैंकहरुका मुख्य चुनौती के हुन् ?

तीन वर्ष पहिलेको वाणिज्य बैंक जतिकै पुंँजी र क्षमता भएको भएता पनि एलसी, क्रेडिट कार्ड, स्थानीय निकायको बैंक खाता सञ्चालन गर्न नपाउने जस्ता नीतिगत व्यवस्था अहिले विकास बैंकका मुख्य चुनौतीहरु हुन् । त्यस्तै आफूले वर्षौंदेखि मेहेनत गरेर सेवा दिएका सेवाग्राही तथा दक्ष बनाएका क्षमतावान जनशक्तिहरू आफ्नै संस्थामा राखिराख्नु पनि अर्को चुनौतीको रूपमा देखिएको छ ।

व्यवसाय विस्तार एवम् प्रतिस्पर्धी बैंकहरुभन्दा पृथक बन्नका निम्ति कामना सेवा विकास बैंकले अब आफू कसरी अगाडि बढ्ने योजना छ ?

हाम्रो नयाँ व्यवस्थापनको मुख्य योजना अब्बल रणनीति बनाई लागू गरी उत्कृष्ट राष्ट्रिय स्तरको विकास बैंक बन्ने रहेको छ । ग्राहक सेवाको गुणस्तर, शाखा सञ्जाल बिस्तृतता, लगानीकर्तालाई दिने प्रतिफलको साथ साथै कर्मचारी सन्तुष्टिलगायतका सम्पूर्ण मापदण्डमा उत्कृष्ट भएपछि मात्र समग्रमा उत्कृष्ट संस्था बन्न सकिन्छ भन्ने हाम्रो बुझाइ रहेको छ ।

ग्राहकका सम्पूर्ण वित्तीय आवश्यकताका लागि नयाँ र भिन्न खालकानवीनतम् उत्पादन र सेवा एकद्वार समाधानको रूपमा यस बैंकलाई प्रस्तुत गर्ने बैंकको योजना रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया