सुनको मूल्य झन् बढ्यो


आर्थिकन्यूज
सुनको-मूल्य

काठमाडौं, फागुन ८ । ८० सुनको मूल्य प्रतितोला ६३ हजार ३ सय रुपैयाँ पुगेको छ । सुन एकैदिन तोलामा ६ सय रुपैयाँले बढेको हो । मंगलबार सुन प्रतितोला ६२ हजार ७ सयमा कारोबार भएको थियो ।

तेजावी सुन भने प्रतितोला ६३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला ७८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया