सुविधायुक्त सरकारी प्लटिङ घर–जग्गा २४ देखि २७ लाखमा


आर्थिकन्यूज

काठमाडाैं, फागुन ८ । काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय का.जि.का.म.पा. वडा नं. ६ र ८ मा सञ्चालित बागमती नगर जग्गा एकीकरण आयोजना अन्तर्गत वडा नं. ६ तर्फको ब्लक नं. दोस्रो तेस्रो खण्ड को विकसित घडेरी जग्गा विक्री गर्ने भएको छ । विविध सुविधाहरू रहेको यस आयोजनाको विकसित घडेरीहरु काठमाडाैं विकास प्राधिकरणलले गोप्य शिलबन्दी मार्फत बिक्री गर्ने भएको हो ।

टेण्डर फरम शुल्क रू. ३ हजार तिरी आगामी ३५ दिन भित्र जिल्ला आयुक्तको कार्यलय काठमाडौबाट र आयोजनाको साईट कार्यालय बौंद्धबाट समेत बोलपत्र खरिद गर्न सक्नेछन् । बोलपत्रको साथमा कबोल गरेको अंकको १० प्रतिशत रकमसमेत नेपाल राष्ट्र बैंक, बालुवाटरको खाता नं. १२०६१५९–००१–०००–५२४ मा जम्मा गरेको भौचर र नागरिकताको प्रतिलिपीसमेत उक्त आयोजनाको साइट कार्यालय बौद्धमा बुझउनु पर्ने जनाएको छ ।

दक्षिण मोहडाको ८०.१७ बर्ग मिटर, उत्तर/पूर्व मोहडाको १२६.३० बर्ग मिटर र पश्चिम/उत्तर मोहडाको ८०.६० बर्ग मिटर क्षेत्रफलमा रहेको उक्त जग्गाको दक्षिण मोहडा र पश्चिम/उत्तर मोहडाको प्रति आना मूल्य २७ लाख तोकेको छ भने उत्तर/पूर्व मोहडाको जग्गाको २४ लाख मूल्य तोकेको छ ।

आयोजना वडा नं. छ तर्फका बाटोहरु मध्ये ७५ प्रतिशत बाटोहरुमा कालोपत्रे (आस्फल्ट पिच) गर्ने कार्य सम्पन्न भई बाँकी बाटोहरुमा समेत कालोपत्रे पिच गर्ने कार्यक्रम रहेको छ । आयोजनाको दक्षिण तर्फ रहेको बागमति नदि किनारमा १० मिटरको पिच बाटो र १२ मिटरको ग्रिन बेल्ट रहेको छ ।

आयोजनाको क्षेत्र भित्र बिद्युतीकरण, खानेपानी र व्यवस्थित ढलको समेत ब्यवस्था रहेको छ । दक्षिण् तर्फ बागमती नदि पार गरि पशुपतिनाथको क्षेत्रको स्लेषमान्तक हरियाली बन रहेको, पश्चिम तर्फ गुह्यश्वरी मन्दिर तथा पशुपति नातको मन्दिर र उत्तर तर्फ बौद्धनाथको स्तुपा रहेको छ । साथै आयोजना क्षेत्र भित्रका खल्ला क्षेत्रहरुमा आकर्षक पार्क निर्माण कार्य शुरु गर्ने आयोजनाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया