अजोड इन्स्योरेन्स र मेगा बैंकबीच बैंकास्योरेन्स


आर्थिकन्यूज

काठमाडौं, फागुन ७ । अजोड इन्स्योरेन्स र मेगा बैंक नेपाल लिमिटेड बीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता पत्रमा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री तथा मेगा बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत रभिना देशराज श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्स लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया