तिब्बतको वैदेशिक व्यापार स्थिर


रासस/सिन्ह्वा

ल्हासा, तिब्बत, फागुन ६ ।  चीनको दक्षिणपश्चिमी स्वशासित क्षेत्र तिब्बत क्षेत्रको सन् २०१८ मा वैदेशिक व्यापार स्थिर रहेको सरकारी तथ्याङ्कले देखाएको छ ।

गत बर्ष तिब्बतको आयात तथा निर्यातको कुल परिमाण ७० करोड १० लाख अमेरिकी डलर रहेको छ ।

यसैबीच सीमानाका बासिन्दासँगको व्यापारमा भने अघिल्लो बर्षको तुलनामा सन् २०१८ मा १६९।३ प्रतिशतको वृद्धि भई जम्मा १० करोड युआन बढी कारोबार भएको तथ्याङ्कमा उल्लेख छ ।

तिब्बतको वैदेशिक ब्यापारको ५२।६ प्रतिशत हिस्सा नेपालसँगको व्यापारबाट भएको छ । यो अघिल्लो बर्षको तुलनामा ४।६ प्रतिशतले वृद्धि हो ।

“तिब्बतले सीमा व्यापारलाई प्रोत्साहन गर्न बेल्ट एण्ड रोड कार्यक्रममा विशेष सक्रियाता दिएको र यसबाट वैदेशिक व्यापार विकासमा मजबुत गति लिएको छ,” ल्हासा भन्सारका प्रमुख लिउ डालीले बताउनुभयो ।

तिब्बतको व्यापारलाई स्थिर राख्न दक्षिण एसिया तथा दक्षिणपूर्वी एसियासँग स्थानीय अधिकारीहरूले बढाएको आर्थिक समन्वयले पनि विशेष योगदान पु¥याएको छ ।

गत बर्ष तिब्बतमा छ करोड अमेरिकी डलर वैदेशिक लगानीका विभिन्न २६ नयाँ उद्योगहरू स्थापना गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया