जनता बैंक र मेडिसिटि अस्पतालबिच स्वास्थ्य सम्झौता


आर्थिकन्यूज

 

काठमाडौं, फागुन २ । जनता बैंक नेपाल लिमिटेड र मेडिसिटि अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहक वर्गलाई उपचार खर्चमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र अस्पतालको तर्फबाट महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार जनता बैंकका कर्मचारी र जनता बैंकको डेविट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले भंैसेपाटी स्थित मेडिसिटी अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवामा विशेष छुट पाउनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया