साताको अन्तिम दिन ८ अंकले घटेर बन्द नेप्से, कारोबार २ अर्बमाथि


आर्थिकन्यूज

काठमाडौं, फागुन २ । बिहिबार साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८ दशमलव २१ अंकले घटेर १ हजार १ सय २१ दशमलव ८७ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

यस अघि साताको पहिलो दिन आइतबार १२ दशमलव ०६ अंकले घटेर ११२७ दशमलव ५२ को बिन्दुमा पुगेको थियो भने दोस्रो दिन १ दशमलव ३४ अंकले बढेर ११२८ दशमलव ८६ को बिन्दुमा पुगेको थियो । तेस्रो दिन शुन्य दशमलव ६७ अंकले घटेर ११२८ दशमलव १९ को बिन्दु र चौथो दिन पनि ७ दशमलव ११ अंकले घटेर ११२१ दशमलव ०८ को बिन्दुमा पुगेको थियो ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक १ दशमलव ५२ अंकले घटेर २ सय ३६८ दशलमव ९२ को बिन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन १ सय ६४ कम्पनीको ८० लाख ९५ हजार ७२ कित्ता शेयर खरिदबिक्री भई २ अर्ब १६ करोड ६५ लाख ६ हजार बराबरको कारोबार भएको छ । यसदिन एभरेष्ट बैंकको प्रमोटर शेयरकै १ अर्ब ९१ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै यस दिन सर्वाधिक कमाउनेमा चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । जसको शेयरमा आज ४ दशमलव ७५ प्रतिशतले बढेको छ ।

साथै सर्वाधिक गुमाउनेमा नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ८ दशमलव ४२ प्रतिशतले घटेको छ ।

यस दिन १० वटा परिसुचकहरुमा सबै समूहहरु रातामै भएका छन् । जसमध्ये सबैभन्दा बढी घट्नेमा निर्जीवन बीमा कम्पनी रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया