सरकारको यात्रा एकवर्ष उकालो, अर्थतन्त्रका सूचक भने अधिकांश ओरालोतर्फ, ओली सरकारले किन सुर्धान सकेनन अर्थतन्त्र ?


आर्थिकन्यूज

काठमाडौं, फागुन २ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक देखिएका छन् । गत वर्षको पहिलो ६ महिनाको तुलनामा शोधनान्तर स्थिति, व्यापार घाटा, प्रत्यक्ष वैदेशिक लगानी, विदेशी विनिमय सञ्चिति, मूल्यवृद्धिलगायत सूचक खस्किएका हुन् ।

राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आवको ६ महिनाको समग्र आर्थिक तथा वित्तीय प्रतिवेदनमा अर्थतन्त्रलाई चलायमान बनाइरहेको रेमिट्यान्स आप्रवाह भने घटेको छैन ।

अर्थतन्त्रका प्रमुख सूचक नकारात्मक देखिनु राम्रो संकेत नभएको अर्थविद् केशव आचार्यले बताए । ‘यो डरलाग्दो अवस्थाको संकेत हो,’ उनले भने, ‘अब तिनको कारण पहिचान गरी समाधानको उपाय खोजी गर्नुपर्छ ।’ विदेशी लगानीका लागि सरकारले आग्रह गरे पनि लगानीकर्ताले विश्वास नगर्दा यस्तो अवस्था आएको उनले बताए । ‘विदेशी लगानीकर्तालाई मुखले मात्र आह्वान गर्‍यौं,’ उनले भने, ‘व्यावहारिक रूपमा उनीहरूलाई लगानीमैत्री वातावरण भएको विश्वास दिलाउन सकेनौं ।’

चालु आवको पहिलो ६ महिनामा मूल्य वृद्धिदर ४।६ प्रतिशत छ । गत वर्षको सोही अवधिको तुलनामा यो ०।६ प्रतिशतले बढी हो ।

०७४ पुससम्म वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ४ प्रतिशत थियो । उक्त अवधिमा घरायसी सेवा तथा उपयोगिता, लुगा तथा जुत्ता, यातायात र फर्निसिङ तथा घरायसी उपकरणलगायतको मूल्य बढेकाले समग्र वृद्धिदर बढेको राष्ट्र बैंकले बताएको छ । क्षेत्रगत रूपमा सबैभन्दा धेरै मूल्यवृद्धि काठमाडौं उपत्यकामा छ ।

गत पुसमा काठमाडौं उपत्यकाको मूल्य वृद्धिदर ५।२ प्रतिशत छ । सोही अवधिमा पहाडमा ४।९ प्रतिशत, हिमालमा ४।५ र तराईमा ४ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मूल्य वृद्धिदर काठमाडौं उपत्यकामा २।९, पहाडमा ४।४, हिमालमा ५।५ र तराईमा ४।४ प्रतिशत थियो ।

अहिले पनि नेपालको कुल व्यापारको करिब ६५ प्रतिशत हिस्सा भारतसँग हुन्छ । त्यहाँको मूल्यवृद्धिले नेपाली बजार पनि प्रभावित हुँदै आएको छ । गएको ६ महिनामा भारतको मूल्य वृद्धिदर २।०५ प्रतिशत छ । गत वर्षको तुलनामा पछिल्लो ६ महिनामा भारतको मूल्य वृद्धिदर घटेको हो । ०७४ पुसमा भारतको मूल्य वृद्धिदर ५।१ प्रतिशत थियो । भारतको मूल्य वृद्धिदर घटदा नेपालमा बढ्नु राम्रो संकेत नभएको अर्थविद् आचार्यले बताए ।
पछिल्लो ६ महिनामा मुलुकमा भित्रिनेभन्दा बाहिरिने रकम ९शोधनान्तर स्थिति० करिब साढे ६३ अर्ब रुपैयाँ बढी छ । राष्ट्र बैंकका अनुसार मुलुकको भुक्तानी सन्तुलन ६३ अर्ब ६८ करोड रुपैयाँले घाटामा छ । ०७४ पुसमा शोधनान्तर अवस्था ६ अर्ब ६६ करोडले ऋणात्मक थियो ।

मंसिरको तुलनामा पुसमा भुक्तानी सन्तुलनको अवस्था सुधारिएको हो । मंसिरसम्म अर्थतन्त्र करिब ८५ अर्ब रुपैयाँले घाटामा थियो । पुसमा १७ अर्ब ५६ रुपैयाँ विदेशी ऋण प्राप्त भएकाले शोधनान्तर घाटामा कमी आएको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले बताए । चालु आवको ६ महिनामा सरकारले कुल ३३ अर्ब ३२ करोड रुपैयाँ विदेशी ऋण प्राप्त गरेको शोधनान्तर विवरणमा उल्लेख छ ।

चालु वर्षको ६ महिनामा ४ अर्ब ३६ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी ९एफडीआई० भित्रिएको छ । गत वर्षको यही अवधिको तुलनामा यो करिब ७० प्रतिशतले कम हो । ०७४ पुससम्ममा १४ अर्ब ३३ करोड रुपैयाँ एफडीआई भित्रिएको थियो । राजनीतिक स्थिरता आएको भनिए पनि अपेक्षित रूपमा लगानीमैत्री वातावरण बन्न नसकेकाले एफडीआई घटेको अर्थविद्हरू बताउँछन् । कान्तिपुर दैनिकबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया