उड इन्टरनेशनल एक्स्पाे फागुन ३ देखि हुँदै


आर्थिकन्यूज

काठमाडौं, माघ २९ । उड इन्टरनेसनल एक्सपो फागुन ३, ४ र ५ गते काठमाण्डौ को भृकृटीमण्डपमा हुने भएको छ ।

मडिया स्पेस सोलुसन्स प्रा.लि. र ँFuturex Trade Fair & Events Pvt. Ltd., ले संयुक्त रुपमा आयोजना गर्न लागेको उक्त प्रदर्शनीमा विभिन्न देश का २०० भन्दा बढि ख्याती प्राप्त ब्राण्ड हरु र १२० भन्दा बढि स्टल रहने छन् ।

फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले काठ ब्यबसाय संग सम्बन्धित उत्पादन हरु को बारेमा जानकारी गराउने र यस क्षेत्र मा आउने नयाँ–नयाँ प्रविधि को बारेमा जानकारी गराउन को लागि यो प्रदर्शनी ४ वर्ष देखी कोसेढुङ्गा सावित हुदै आएको मडिया स्पेस सोलुसन्स प्रा.लि. बताएको छ ।

यस अन्तराष्ट्रिय प्रदर्शनीमा Woodworking & Furniture manufacturing Machineries, Power tools, Plywood, Doors & Windows, Fittings, Wood Accessories, Raw materials, Interior Design, Home Décor tyf Finished Products हरु को पनि उल्लेखनीय सहभागिता रहने छ ।

यस प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ र फनिर्चर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पु¥याउने कम्पनिले दाबी गरेको छ । यस प्रदर्शनीमा घर बनाउन चाहने व्यतिm, आम नागरीक बाहेक नेपालका दिग्गज आर्कीटेक्ट, इन्जीनीयरस् तथा इन्टीरीयर डिजाइनरहरु को सहभागिता रहने छ ।

यस प्रदर्शनिले नेपालको काठ तथा फनिर्चर क्षेत्रमा नयाँ प्रविधिका सामान भित्राउने तथा विदेशमा सफलतापुर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउने माध्यम बनाउने र काष्ठ वस्तु उत्पादन सम्बन्धि कार्यहरुमा पनि सकारात्मक भुमिका निर्वाह गर्न यस कम्पनिले विश्वास लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया