२ करोड ५० लाख धरौटी तिरेर छुटे गोपाल खड्का


आर्थिकन्यूज

काठमाडौं, माघ २९ । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का २ करोड ५० लाख धरौटी तिरेर विशेष अदालतबाट छुटेका छन् ।

खड्कालाई अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय प्रमोद कुमार श्रेष्ठ र नारायण प्रसाद पोखरेलको संयुक्त इजलासले धरौटीमा रिहा गरेको हो ।

सार्वजनिक पदको दुरुपयोग गरी १८ करोड ६६ लाख बराबर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुस २३ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

खडकाले ८ करोड ६४ लाख ६९ हजार ७ सय ५१ रुपैयाँ मात्रै वैध रूपमा आर्जन गरेकोमा उनीमाथि अनुसन्धान हुँदा २७ करोड ३० लाख ७५ हजार ३ सय ८० रुपैयाँ जोडेको भेटिएको अख्तियारले जारी गरेको आरोपत्रमा उल्लख गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया