शिवम् सिमेन्टको “लक्ष्मी हातमा देवदर्शन शिवमको साथमा”को तेस्रो चरणको लक्की–ड्र सम्पन्न


आर्थिकन्यूज

काठमाडौं, माघ २८ । शिवम् सिमेन्टद्धारा “लक्ष्मी हातमा देव दर्शन शिवम्को साथमा” उपभोक्ता योजना अन्तर्गत पुनः तेस्रो चरणको ६० भाग्यशाली कुपन विजेता मार्फत १२० जना विजेताहरुको नाम लक्की–ड्र गरी सार्वजनिक गरेको छ ।

यस अघिनै पहिलो र दोस्रो चरणको लक्की–ड्र गरी २४० जना छनौटमा परिसकेका थिए । यस योजना अन्तर्गत भाग्यशाली विजेताहरुले काठमाडौं–गोसाईकुड–काठमाडौं हेलिकप्टर मार्फत देवदर्शन गर्ने अवसर प्राप्त गर्नेछन् ।

तेस्रो चरणको लक्की–ड्र अन्तर्गत शिवम् सिमेन्ट्सले पत्रकारहरुको सहभागितामा आफ्नो आधिकारीक फेसबुक पेज मार्फत प्रतक्ष्य प्रसारण गरी जनकपुरबाट उक्त विजेताहरुको नाम सार्वजनिक गरिको थियो ।

यस अघिनै काठमाडौं र हेटौंडामा भएको लक्की–ड्र मा २४० जना भाग्यशाली विजेताहरु छनौट गरिनुका साथै अधिकांश विजेताहरुले हेलिकप्टर मार्फत गोसाइकुण्ड देवदर्शन यात्रा गरि सकेका छन् ।

यस योजनामा हालसम्म १८० कुपन मार्फत ३६० जना छनौट भई सकेका छन् भने अझै १२२ जनाका लागि हेलिकप्टरबाट गोसाईकुण्ड देवदर्शन यात्रा जित्ने मौका बाँकी रहेको कम्पनीले जनाएको छ ।

शिवम् सिमेन्टले यहि पुस ५ गते देखी “लक्ष्मी हातमा देव दर्शन शिवम्को साथमा” नामक उपभोक्ता योजना सार्वजनिक गरेको थियो जस अन्तर्गत प्रत्येक १० बोराको खरिदमा स्क्रयाच कुपन प्राप्त गरि हात खाली नहुने उपहार रु.१०० देखि १००० सम्म नगद र २.५० ग्राम देखि १० ग्राम सम्मको सुन समावेस गरिएको थियो भने सोहि कुपनको अर्धकट्टीमा नाम, नम्बर र ठेगाना लेखि काठमाडौं–गोसाईकुण्ड–काठमाडौं हेलिकप्टर यात्राको लागि लक्की–ड्र मा भाग लिन सकिने व्यवस्था मिलाएको थियो ।

छोटो समयमा उत्साह जनक रुपमा सहभागिता जनाई यस योजनालाई सफल पार्न सहयोग गरेकामा शिवम् सिमेन्टस् परिवार सम्पूर्ण ग्राहक वर्गहरुलाई हार्दिक धन्यवाद दिदैं अझै यस योजना अन्र्तगत सियोर सर्ट पुरस्कारमा करोडौंको नगद उपहार तथा सयौं तोला सुन जित्ने मौका बाँकी रहेको कम्पनीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया