नेप्सेमा १ अंकको वृद्धि भएपनि कारोबार झन खस्कियो


आर्थिकन्यूज

काठमाडौं, माघ २८ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १ दशमलव ३४ अंकले बढेर १ हजार १ सय २८ दशमलव ८६ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव १९ अंकले बढेर २ सय ४० दशलमव ४० को बिन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन १ सय ६६ कम्पनीको ६ लाख ८७ हजार ३३६ कित्ता शेयर खरिदबिक्री भई २० करोड २७ लाख १४ हजार बराबरको कारोबार भएको छ ।

यस दिन कारोबारमा सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोपावरको भएको छ । जसको आज १ करोड ४० लाख रुपैयाँ कारोबार भएको छ ।

त्यस्तै यस दिन सर्वाधिक कमाउनेमा चौतारी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयरमा आज ९ दशमलव ८९ प्रतिशतले वृद्धि गरेको छ ।

साथै सर्वाधिक गुमाउनेमा बरुण हाइड्रोपावरका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ३ प्रतिशतले घटेको छ ।

यस दिन १० वटा परिसुचकहरुमा बैंकिंग समूह र उत्पादक तथा प्रसोधन समूह घटेको छ भने बाँकी सबै समूहहरु बढेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया