काठमाडौं, माघ , २८ । ललितपुरको नख्खुमा रहेको एक कार्पेट गोदाम र डनलपमा आगलागी भएको छ ।
सोमबार दिउँसो सुरु भएको आगलागीलाई नियन्त्रणमा लिन काठमाडौं र ललितपुर महानगरपालिकासहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल त्यहाँ आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको ललितपुर प्रहरी परिसरका डीएसपी अपिलराज बोहराले जानकारी दिए ।