गुँरास माइक्रोफाइनान्सले कमायो ४० लाख


आर्थिकन्यूज

काठमाडौ, माघ २८ । गुँरास माइक्रोफाइनान्स वित्तीय संस्था (Gurash Laghubitta Bittiya Sanstha Ltd.) ले दोस्रो त्रैमासमा खुद मु्नाफामा ४० लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा लघुवित्तको ३५ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

५ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी भएको लघुवित्तले जगेडाकोषमा २ लाख रुपैयाँ मात्र राखेको छ । जसले निक्षेपमा ७ करोड ८७ लाख रुपैयाँ संकलन गरिएको छ । कर्जामा ५१ करोड ९० लाख रुपैयाँ लगानी गरेको छ ।

माइक्रोफाइनान्सको खुद व्याज आम्दानी ९३ दशमलव ४३ प्रतिशतले बढेर १ करोड २२ लाख रुपैयाँ र संचालन मुनाफा ४० लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष सोहिअवधिमा ३५ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

माइक्रोफाइनान्सको जोखिम युत्त सम्पत्ति ९ दशमलव ८९ प्रतिशत र निष्कृय कर्जा ३ दशमलव ८३ प्रतिशत रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया