हकप्रद शेयर लिलामीमा भएको एभरेष्ट इन्स्योरेन्सले कस्तो गर्यो प्रगति


आर्थिकन्यूज
एभरेष्ट-इन्स्योरेन्स-कम्पनी

काठमाडौं, माघ २८ । निजि क्षेत्रको निजीवन बीमा एभरेष्ट इन्स्योरेन्स कम्पनी (Everest Insurance Co. Ltd.) ले दोस्रो त्रैमासमा खुद मुनाफा २ करोड ५१ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको तुलनाभन्दा ५ दशमलव ८७ प्रतिशतले वृद्धि गरेको हो । कम्पनीले अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा २ करोड ३७ लाख रुपैयाँ कमाएको थियो ।

१३ करोड ३६ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडाकोषमा १२ करोड ३३ लाख रुपैयाँ र बीमा कोषमा २० करोड ९४ लाख रुपैयाँ राखेको छ । बीमाको आम्दानी १२ प्रतिशतले बढेर ४ करोड ६५ लाख रुपैयाँ पुगेको छ र खर्च २३ प्रतिशतले बढेर २ करोड १३ करोड रुपैयाँ पुगेको छ ।

यस अवधिमा कम्पनीको कुल बिमा शुल्क रकम ३८ करोड ९८ लाख रुपैयाँ आर्जन गरेको छ भने कुल दाबी भुक्तानी शुल्क रकम १६ करोड ७५ लाख रुपैयाँ रहेको छ । कम्पनीको जारी बीमालेखको संख्या ४१ हजार २ सय ७६ वटा रहेको छ भने कुल दाबी भुक्तानी संख्यामा १ हजार ३७३ वटा रहेको छ ।

कम्पनिको प्रतिशेयर आम्दानी १८ दशमलव ८३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ४५ दशमलव ४१ गुणा र प्रतिशेयर नेटवर्थ ४ सय २ दशमलव ९१ रुपैयाँ रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया