नोक्सानमा रहेको अरुण काबेलीले ६ लाख नाफा कमायो


आर्थिकन्यूज
अरुण

काठमाडौं, माघ २८ । अरुण काबेली पावर लिमिटेड (Arun Kabeli Power Limited.) ले दोस्रो त्रैमासमा ६ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा १६ लाख रुपैयाँ नोक्सानमा नै रहेको थियो ।

१ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडाकोषमा १ करोड ४९ लाख रुपैयाँ नेगेटिभमा रहेको छ । जसको चालु सम्पत्ति ७ करोड ८८ लाख रुपैयाँ रहेको छ । जसको संचालन मुनाफा १३ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोहिअवधिमा २ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

अरुण काबेली पावरको प्रतिशेयर नेटवर्थ ९९ दशमलव ०१ रुपैयाँ, तरलता अनुपात शुन्य दशमलव १८ प्रतिशत र प्रतिशेयर कुल सम्पत्तिको मूल्य ३१८ दशमलव ८६ रुपैयाँ रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया