युनाइटेड मोदी हाइड्रोपावर नाफामा सामान्य मात्र वृद्धि


आर्थिकन्यूज

काठमाडौं, माघ २८ । युनाइटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेड (United Modi Hydropower Ltd.) ले दोस्रो त्रेमासमा खुद मुनाफा ५ करोड ५५ लाख रुपैयाँ कमाएको छ जुन अघिल्लो वर्षको सोहिअवधिको तुलनामा १ दशमलव ०५ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा ५ करोड ४९ लाख रुपैयाँ आर्जन रहेको थियो ।

१ अर्ब १५ करोड रुपैयाँ चुक्ता पुँजी भएको युनाइटेड मोदीले जगेडाकोषमा ६ करोड ९२ लाख रुपैयाँ राखिएको छ । त्यस्तै लगानी ३ करोड ६५ लाख रुपैयाँ गरेको छ । जसको ग्रस मुनाफा १६ करोड २५ लाख रुपैयाँ आर्जन गरेको छ ।

युनाइटेड मोदीको प्रतिशेयर आम्दानी ४ दशमलव ८३ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १ सय ६ दशमलव ०२ रुपैयाँ र तरलता अनुपात २ दशमलव १७ प्रतिशत रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया