एनसेलको कर बक्यौता ७५ अर्बभन्दा बढी


आर्थिकन्यूज

काठमाडौं, माघ २८ । निजी दूरसेवा सेवा प्रदायक कम्पनी एनसेलको ७५ अर्ब कर बक्यौक्ता रहेको छ । एनसेलको पूँजीगत लाभकर, आयकर तथा मूल्य अभिवृद्धि कर वापत सो बक्यौक्ता रकम भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

सो रकममध्ये एनसेलको सेयर हस्तान्तरणमा लाग्ने लाभकर वापतको बक्यौता करिब ६१ अर्ब रहेको छ ।
त्यस्तै एनसेलका साझेदार निरज गोविन्द श्रेष्ठका नाममा १२ अर्ब रुपैयाँ पूँजीगत लाभकर वापतको रकम बक्यौता रहेको छ ।

त्यसरी नै अन्य नौ वटा दूरसंचार सेवा प्रदायक कम्पनीको चालु आवको पुसमसान्तसम्म नेपाल सरकार र दूरसंचार प्राधिकरणलाई बुझाउनु पर्ने फ्रिक्वेन्सी दस्तुर, नवीकरण दस्तुर, रोयल्टी र ग्रामीण दूर संचार विकास कोषको दुई अर्ब ९६ करोड कर बक्यौक्ता रहेको अर्थमन्त्रालयले जानकारी दिएको छ ।

संसदको अर्थ समितिले उक्त बक्यौक्ता रकम अविलम्ब तिर्न सरोकारवाला कम्पनीहरूलाई निर्देशन समेत दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया