हकप्रद निष्काशन गरेको नेपाल इन्स्योरेन्सले कति नाफा कमायो, अन्य सुचक कस्तो ?


आर्थिकन्यूज

काठमाडौं, माघ २८ । नेपाल इन्स्योरेन्स कम्पनी (Nepal Insurance Co. Ltd.) ले दोस्रो त्रैमासमा खुद मुनाफा ७ करोड ३२ लाख रुपैयाँ कमाउन सफल भएको, जुन गत वर्ष सोहि अवधिको तुलना भन्दा ७१ दशमलव २० प्रतिशतले बढेको हो । गत वर्ष सोहि अवधिमा कम्पनीले ४ करोड २७ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

६१ करोड ७६ लाख चुक्ता पुँजी भएको बीमाले जगेडा तथा कोषमा २७ करोेड ३६ लाख रुपैयाँ र बीमा कोषमा २३ करोड १४ लाख रुपैयाँ छुटाएको छ । कम्पनीको आम्दानी ५८ दशमलव २२ प्रतिशतले बढेर १२ करोड ५२ लाख रुपैयाँ पुगेको छ भने खर्चमा ४१ दशमलव ६६ प्रतिशतले बढेर ५ करोड १९ लाख रुपैयाँ पुगेको छ ।

बीमाले यस अबधिमा बीमा शुल्क (खुद) २४ करोड १ लाख रुपैयाँ आर्जन गरेको छ भने ९ करोड ८२ लाख रुपैयाँ बराबरको भुक्तानी दाबी (खुद) गरेको छ । कम्पनीले यस अबधिमा ७१ हजार ९६ वटा (संख्या) बीमालेख जारी गरेको छ भने जुन गत वर्षको भन्दा बढी हो । कम्पनीले यस अबधिमा ९ सय २८ वटा (संख्या) भुक्तानी दाबी गरेको छ ।

बीमाको प्रति शेयर आम्दानी ११ दशमलब ८६ रुपैयाँ, पि ई अनुपात ४६ दशमलब ८८ रुपैयाँ, प्रति शेयर नेटवर्थ १ सय ८१ दशमलब ७७ रुपैयाँ, प्रति शेयर कुल सम्पत्ति मूल्य ४ सय ३० दशमलब ५० रुपैयाँ रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया