सर्तकता केन्द्रद्वारा राष्ट्रिय गौरवका १० वटा आयोजनालाई कारवाही गर्न सिफारिस


आर्थिकन्यूज

काठमाडाैं, माघ २८ । राष्ट्रिय सर्तकता केन्द्रले राष्ट्रिय गौरवका आयोजनको प्राविधिक परीक्षण गरेर कारवाही गर्न सिफारिस गरेको छ । केन्द्रले केही समय अघि राष्ट्रिय गौरवका २० वटा आयोजनाको प्राविधिक परीक्षण गरिरहेको थियो ।

परीक्षणपछि केन्द्रले १० वटा आयोजनालाई कारवाही गर्न सिफारिस गरेको हो । प्राविधिक परीक्षण कमजोर हुँदा राष्ट्रिय गौरवका आयोजनाको निर्माण गुणस्तरहीन भएको गुनासो चौतर्फी रुपकम आएपछि केन्द्रले प्राविधिक परीक्षण गरेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले बताए । केन्द्रले कार्यान्वयनको अवस्थामा ९० प्रतिशत र कार्यान्वयनपछि १० प्रतिशत परीक्षण परीक्षण गर्ने गर्छ ।

उनकाअनुसार केन्द्रले योजना र आयोजनको डिजाइन, खरिद प्रक्रिया, कार्यान्वयन र कार्यान्वयनपछिको अवस्था परीक्षण तथा अनुगमन गर्ने गरेको साहले बताए । केन्द्रले योजना, डिजाइन, ड्रइङ, लागत अनुमान, स्पेसिफिकेसन र भुक्तानीअनुसार काम भए÷नभएको विषय छानबिन गर्छ । काम नभए प्रमाणित भएमा प्राविधिक बेरुजु (एनसीए) समेत लेख्ने सक्छ ।

यदि आयोजनबाट कुनै त्रुटी भएमा त्यस्ता आयोजनालाई सच्चिनसचेत गराउँछ । त्यति गर्दा पनि नसच्चिए कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गर्छ । विशेषः कमजोर प्राविधिक परीक्षण र निर्माणका कारण सिक्टा सिंचाई आयोजनाको निर्माणाधिन नहर भत्किएपछि सर्वपक्षीय रुपमा यसको चर्चा भएको थियो । त्यसपछि केन्द्रले प्राविधिक कमिटी बनाएर सिक्टाका साथै अन्य राष्ट्रिय गौरवका आयोजना समेतको प्राविधिक परीक्षण गरेको हो ।

कुनै पनि आयोजना निर्माण गर्नु पहिला माटो परीक्षण गर्नुपर्ने हन्छ । माटोको प्रकृति अनुसार भौतिक संरचना निर्माण गर्दा क्षति हुँदैन’, केन्द्र भन्यो ‘प्राविधिक परीक्षण र विश्लेषण नगरी निर्माण कार्य अघि बढाउँदा समस्या आएको हो । । बर्दियाको बबई नदीको जब्दीघाट पुललगायत पुल बनी नसक्दै भत्किएका छन् ।

केन्द्रले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण लोकमार्ग (कोसी, कर्णाली, गण्डकी कोरिडोर), हुलाकी सडक आयोजनाको सडक एवम् पुल दुवैको परीक्षण गरेकोे छ । पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयअन्तर्गतको लुम्बिनी विकास कोष, पशुपति क्षेत्र विकास कोषको प्राविधिक परीक्षण सकेको छ ।

निजगढमा बन्ने भनिएको दोस्रो अन्र्राष्ट्रिय विमानस्थल, भैरहवास्थित गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र राष्ट्रपति चुरे तराई मधेस संरक्षण आयोजना पनि परीक्षण सम्पन्न भएको छ ।

केन्द्रले जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका रानीजमरा कुलरिया सिँचाइ आयोजना, सिक्टा सिँचाइ आयोजना, भेरी–बबई बहुउद्देश्यीय सिँचाइ आयोजना र बबई सिँचाइ आयोजनाको प्राविधिक परीक्षण सकाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया