हकप्रद जारी गर्न लागेको अपिले दोस्रो त्रैमासमा कमायो ५ करोडमाथि


आर्थिकन्यूज

काठमाडौं, माघ २८ । अपि पावर कम्पनी लिमिटेड (Api Power Company Ltd.) ले दोस्रोे त्रैमासमा खुद मुनाफा ५ करोड १० लाख रुपैयाँ कमाएको छ, जुन अघिल्लो वर्षको सोहिअवधिको तुलनाभन्दा ६२ दशमलव ९० प्रतिशतले वृद्धि गरेको हो । गत वर्षको सोहि अवधिमा कम्पनीले नाफा ३ करोड १३ लाख रुपैयाँ कमाएको थियो ।

१ अर्ब १३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडाकोषमा ११ करोड २३ लाख रुपैयाँ राखेको छ । जसले जगेडाकोष ९१ लाख रुपैयाँले घटेको छ । त्यस्तै लगानी १४ करोड ४१ लाख रुपैयाँ रहेको छ । कम्पनीको बिक्रि १० करोड ६२ लाख रुपैयाँ रहेको छ । अपिको जम्मा आम्दानी ३३ दशमलव ७५ प्रतिशतले बढेर १० करोड ७५ लाख रुपैयाँ पुगेको छ भने संचालन खर्च पनि ३४ दशमलव ८७ प्रतिशतले बढेर ९७ लाख रुपैयाँ रहेको छ ।

अपि पावर कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ९ दशमलव ०१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १६ दशमलव ५३ गुणा र प्रतिशेयर नेटवर्थ १ सय ९ दशमलव ९१ रुपैयाँ रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया