क्रिप्टोकरेंसी एक्स्चेञ्ज सञ्चालकको मृत्युका कारण १४.५० करोड डलर संकटमा


आर्थिकन्यूज

एजेन्सी, माघ २७ । क्यानडाको सबैभन्दा ठूलो क्रिप्टोकरेंसी (सांकेतिक मुद्रा) एक्सचेञ्नका एक संस्थापकको मुत्युका कारण हजारौ लगानीकर्ताको लाखौ डलर डुब्ने अबस्थामा पुगेको छ । क्यानडाका क्रिप्टोकरेंसीका सञ्चालकको भारतमा अचानक मुत्यु भएका कारण एक्स्चेञ्ज सञ्चालकले उक्त क्रिप्टोकरेंसी खाताको पास वार्ड आफूले मात्र राखेका कारण समस्या आएको हो ।

क्रिप्टोकरेंसी एक्सचेंज क्वैड्रिगाका अनुसार मुख्य कार्यकारी अधिकारी र सह९संस्थापक गेराल्ड कोटेनको गत डिसेम्बरमा मृत्यु भएका कारण १४।५० करोड डलर फसेको विदेशी सञ्चारमाध्यमले जनाएका छन् ।

कंपनीले बताए अनुसार क्वैड्रिगासँग रहेको अधिकांश मुद्राको कोल्ड वैलेट खातामा अनलाइन राखिएको थियो । यस्तो उक्त करेन्सीलाई ह्याकरहरुबाट बचाउन यसो गरिएको भएपनि यी खाताको एक्सेस कोटेनसँग मात्र थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया