नेपाल बिल्डकन इन्टरनेसनल एक्स्पोमा सर्वसाधारणको उल्लेखनीय सहभागिता


आर्थिकन्यूज

काठमाडौं, माघ २७ । निर्माण क्षेत्रमा आएका नयाँ–नयाँ प्रविधिको जानकारी दिने उदेश्यका साथ राजधानीको भृकुटीमण्डपमा आयोजना गरिएको ‘नेपाल बिल्डकन इन्टरनेसनल एक्स्पो २०१९’ आज समापन भएको छ । तिन दिन सम्म चलेको उक्त एव्स्पोमा करिव २ लाख सर्बसाधारणले अवलोकन गरेको आयोजकले जनाएको छ।

चार वर्षदेखि आयोजना गर्दै आएको एक्स्पोमा यसपटक ३ सयभन्दा बढी कम्पनीको १५० भन्दा बढी स्टल रहेको थियो । प्रदर्शनीले नेपालमा हाल भईरहेको समग्र निर्माण क्षेत्रको विकाश ,पुननिर्माण तथा आघुनिकिकरणमा टेवा पुर्याउने आयोजकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया