आइतबारपछिका केही दिन सबैतिर घमाइला हुने


आर्थिकन्यूज

काठमाडौं, माग २७ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबारदेखि देशैभर मौसममा सुधार आउने जनाएको छ । ‘पश्चिमी वायुको प्रभाव घटेको छ,’ महाशाखाकी मौसमविद् शान्ति कँडेलले भनिन्, ‘आइतबारपछिका केही दिन सबैतिर घमाइला हुनेछन् ।’

पश्चिम र मध्य भागमा शनिबार दिउँसोदेखि सुधार आएपनि पूर्वी भागमा साँझसम्मै पानी परेको थियो । यस पटकको मौसमी प्रणाली पहिलेभन्दा बलियो भएकाले सबैतिर वर्षा र हिमपात भएको विज्ञको भनाई छ ।

महाशाखाका अनुसार योपल्टको हिउँदे वर्षा विगतको भन्दा बढी हो । डिसेम्बरदेखि फेब्रुअरीसम्म तीन महिना हिउँदे वर्षा हुन गरेको छ ।

फेब्रुअरीमा काठमाडौँमा औसतमा १८।७ मिलिमिटर वर्षा हुने गरेकोमा यो वर्ष ८ दिनमै दोब्बरभन्दा बढी ९४२।५ मिमि० पानी परिसकेको छ । आजको कान्तिपुर दैनिकमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया