प्राचीन अखडाका नागा बाबा पद्दती एवम् नवउदयमान अड्डाका नांगा बाबाबीचको रहस्य


आर्थिकन्यूज

समाजमा हिजोआज दुई किसिमका बाबा एकदम नै चर्चित छन् । एक नागा बाबा अनि अर्को नांगा बाबा, नागा बाबा वास्तबमा नै सर्वस्व नांगै छन्, तर पनि उनीहरुसँगबाट स्त्रीसुरक्षित छन् । कुनै नागा बाबा आजसम्म बलात्कारको आरोपमा पक्राउ परेको सुनिएको छैन । उनीहरूबाट यौन हिंसा भएको घटना सुनिएको छैन ।

हुन त नागा बाबा नेपालमा पाइँदैनन् , जे जति देखिन्छन् ति सबै भारतबाट नै आउने हुन् । त्यसैले उनको बारेमा नलेख्दा नि हुन्थ्यो । तर, पनि हिजोआज उनीहरुलाई अश्लील देखाएर आफूलाई सभ्य समाजको हौं भनेर परिचित गराउनेको कमी छैन यहाँ । त्यसैले पनि यो विषय सान्दर्भिक बनेको छ यहाँ शिवरात्री ताका नेपाल आउने नागा बाबाहरु सबै भारतीय नै हुन् ।

एक आपसमा भेट हुदा ॐ नमो नारायण मन्त्र उच्चारण गरी अभिवादन गरेता पनि नागाले शिव भगवानलाई मात्र मान्दछन् । त्रिशूल, डमरू, रुद्राक्ष, तलवार, शंख, कुँंडल, कमन्डलु, कड़ा, चिमटा, कमरबन्ध वा कोपीन, चिलम, धुनी तथा भभूत धारण गर्ने यिनीहरू साँच्चै विचित्रका हुन्छन । उनीहरुको मुख्य कर्म आफ्नो गुरुको सेवा गर्नु, आश्रमका विविध कार्य गर्नु, प्रार्थना, तपस्या तथा योग साधना गर्नु नै रहेको छ । नागा साधुले हरेक दिन बिहान चार बजे उठेर नित्य क्रिया एवम् स्नान गरी आफ्नो श्रृंगार गर्दछन । त्यसपछि हवन, ध्यान, बज्रोली, प्राणायाम, कपाल क्रिया एवं नौली क्रिया गर्दछन । पूरा दिनभरमा एकपटक मात्र त्यो पनि रातिको समयमा भोजन गरी विश्राम लिने गर्दछन् ।

यी सन्तका १३ अखडामध्येमा सन्यासी अखडाका मात्रैले नागा साधु बन्न पाउँछन् । जसमा क्रमशः जूना, महानिर्वणी, निरन्जनी, अटल, अग्नि, आनन्द र आवाहन अखड़ा पर्दछन् । सबैभन्दा पहिले वेद व्यासले संगठित रूपमा वनवासी संन्यासी परम्परा शुरू गरेको पाइन्छ । उनीपश्चात शुकदेवले यस परम्परालाई निरन्तरता दिए ! अनेक ऋषि एवम् सन्तहरूले यस परम्परालाई आ–आफ्नो तरिकाले आकार दिएको पाइन्छ । पछि गएर शंकराचार्यले चार मठ स्थापना गरी दसनामी सम्प्रदायको गठन गरेको पाइन्छ । त्यसपछि बल्ल यस अखडा परम्पराको शुरुवात भएको पाइन्छ ।

इतिहासलाई हेर्ने हो भने सबैभन्दा पहिलो अखाड़ा ‘अखन्ड आह्वान अखाडा’ हो जसको स्थापना सन् ५४७ ई. मा भएको पाइन्छ । भनिन्छ कि नाग, नाथ र नागा परम्परा गुरु दत्तात्रेयको परम्पराका शाखाहरू हुन् । नवनाथको परम्परालाई सिद्दी प्राप्त गर्ने एकदम नै महत्वपूर्ण परम्परा मानिने गरिएको छ । गुरु मत्स्येन्द्रनाथ, गुरु गोरखनाथ साईनाथ बाबा, गजानन महाराज, कनीफनाथ, बाबा रामदेव, तेजाजी महाराज, चौरंगीनाथ, गोपीनाथ, चुणकरनाथ, भर्तृहरि, जालन्ध्रीपाव आदि । चार स्थानमा हुने कुम्भ मेलामा बन्ने नागा साधुलाई अलग अलग नाम दिइने गरिएको छ ।

इलाहाबादमा हुने कुम्भ मेलामा पाउने उपाधिलाई नागा, उज्जैनमा पाउने उपाधिलाई खूनी नागा, हरिद्वारमा पाउने उपाधिलाई बर्फानी नागा तथा नासिकमा पाउने उपाधिलाई खिचडिया नागा भनिने गरिएको पाइन्छ । यसबाट उ कुन कुन्भमा नागा बनेको हो पत्ता लाउन सकिन्छ ।

नागा परम्परामा दीक्षा लिई सकेपछि साधुहरूलाई उनीहरुको वरीयता क्रमको आधारमा पद पनि दिने गरिन्छ । कोतवाल, पुजारी, बड़ा कोतवाल, भन्डारी, कोठारी, बड़ा कोठारी, महन्त एवम् सचिव उनीहरूको पद हुन्छ । सबैभन्दा महत्वपूर्ण पद सचिवको हुन्छ । नागा साधु बन्नको लागि कम्तिमा १२ वर्ष लाग्दछ । नागा पन्थमा समावेश हुनको लागि ६ वर्ष लाग्दछ । यस समयावधिमा उक्त व्यक्तिले लंगोट बाहेक वर्षभरि नै कुनै कपडा लाउन पाउँदैन । कुम्भ मेलामा अन्तिम प्रण लिई सकेपछि उसले त्यो लंगोट पनि त्याग गरी जीवनभर त्यही रुपमा हिड्ने गर्दछ ।

नागा साधुलाई सबैभन्दा पहिले ब्रह्मचारी बन्ने शिक्षा दिइएको हुन्छ । यस परीक्षामा पास भएपछि मात्र उसको महापुरुष दीक्षा हुन्छ । यस परिक्षा पश्चात उ स्वयम्द्वारा नै उसको यज्ञोपवित एवम् पिन्डदान गरिन्छ जसलाई बिजवान भनिन्छ । तत्पश्चात उसको अन्तिम परीक्षा दिगम्बर अनि श्रीदिगम्बर हुन्छ । दिगम्बर नागाले एक लंगोटी धारण गर्न सक्दछ, तर श्रीदिगम्बरले कपडाबिना नै बस्नु पर्छ । श्रीदिगम्बर नागाको पन्चइन्द्रीयलाई साधनाद्वारा नष्ट गरिएको हुन्छ ।

हेर्दा अश्लिल उच्छृ्रङ्खल देखिए पनि माथि उल्लेखित कुरा पढिसकेपछि थाहा हुन्छ कि नागा बाबा बन्न सहज छैन । कठोर परिश्रम अनि साधनापश्चात नागा अखडाको विद्वत वर्गले जब आफ्नो सम्प्रदायको लिखित प्रमाण दिन्छन् तत्पश्चात मात्र उनीहरुले नागा भेषमा उत्रन पाउँछन् । नागा बाबा बन्नको लागि स्वयम्ले आफ्नो पिण्ड दान एवम् तर्पण दिएको हुनुपर्छ । जसबाट उनीहरुलाई वैराग्य प्राप्त हुन्छ । आफ्नो मृत्युको स्वयम्ले पिण्डदान गरिसकेपछि उनीहरुलाई कुनै भौतिक या आधुनिक चिजको मोह हँुदैन । न कुनै वस्तु र वासना प्राप्तिको चाहना नै हुन्छ ।

उनीहरुले आफ्नो ब्रम्ह्चार्यको समेत परीक्षा दिनु पर्छ । जुन वास्तबमै कठिन हुन्छ । कम्तिमा ६ महिनादेखि १२ वर्षसम्मको हुन्छ उक्त परीक्षा । उक्त समयमा उनीहरु हरपल अखडाका महाराजहरूको निगरानीमा हुन्छन् । यसमा पास भएपछि बल्ल उनीहरुलाई नागा अखडामा समावेश गरिन्छ । अखडामा प्रवेश गरिसकेपश्चात पनि उनीहरु कामवासनायुक्त भएको पाइएमा उसलाई अखडामा निषेध गरिन्छ । जब उ पास हुन्छ त्यसपछि बल्ल उसले भस्म, भगवा एवम् रुद्राक्ष धारण गर्न पाउँछ ।

त्यसपछि उसले आफ्नो ५ जना गुरुद्वारा दीक्षित हुनु पर्छ । उक्त अवधिमा उसको कपाल काटिन्छ अनि उसलाई त्यहीको पुरोहितद्वारा स्वयम्को पिण्डदान गराइन्छ । तत्पश्चात उक्त व्यक्ति उसको परिवारको लागि मृत सावित हुन्छ । उ जीवित भए पनि परिवारजनसँगको सम्पूर्ण नाता सम्बन्धको पिण्डदानसँगै समाप्त हुन्छ । यावत कर्म सकिएपछि उनीहरुको अर्को एक कठिन परीक्षा हुन्छ । जसमा उसले आफ्नो हातमा माटोको भाडा र काधमा एक लाठी राखेर २४ घण्टा केही नखाई दिशा पिसाब नगई, अग्लो स्थानमा नहल्लिकन अखडाको बाहिर ध्वजाको मुनि नागा स्वरूपमा कुनै वस्त्र धारण नगरी योग मुद्रामा बृक्षासन आसनमा उभिनु पर्छ ।

यसो गर्दा कयौं व्यक्तिहरू लडेर अंगभंग नि हुन्छन् । काँधमा स्थिर अवस्थामा स्वतन्त्र रुपले राखिएको लाठी उसको शरीरमा आएको थकावट एवम् हलचलले झरेमा वा हातको माटाको भाडा बिसाएमा वा खसेर फुटेमा अथवा उक्त समय अवधिमा उसमा कामोत्तेजनक भएमा उ नागा बन्न असक्षम हुन्छ । यस कठिन परीक्षामा यदि उ सफल भएमा बल्ल नागा साधु बन्दछ । त्यसैले पनि उ नांगो भएता पनि उ बाट स्त्रीजन सुरक्षित छन् ।

अखडामा नांगै रहने भए पनि आजसम्म नागाद्वारा स्त्री बलात्कृत भएका छैनन् । कोही वासनामा लिप्त महिला गएर उसँग संसर्ग गर्न खोजेमा यदाकदा सम्बन्ध स्थापित भएका घटना आएका छन् । तर, त्यो वासनाको घटक पूर्णतया महिला हुन्छिन । न नागा समुदायले कुनै कुराको निषेध गर्दछन न त्यसतर्फ उनीहरूको आशक्ति नै हुन्छ । नागा सम्प्रदायमा त्यसरी सम्बन्ध स्थापना गर्नु भनेको उनीहरुलाई बलात्कार गरे बराबर हुन्छ । किनभने नागा सम्प्रदायमा यौन चाहनाको समाप्ति उसको १२ वर्षको साधनाकालमा नै गरिसकिएको हुन्छ ।

अर्काेतिर कोट पाइन्टमा सजिएका, अत्तरका वासनाले सुगन्धित भएका, भौतिक सुख सुविधाले ठाँटबाट भएका, आफूलाई सामाजिक रुपमा सिभिलाइज्ड ठान्ने व्यक्ति केही धर्म विशेषमा चिटिक्क परेर नवयुगका बाबा बनेका छन् । गेरु वस्त्रधारी होइन अत्याधुनिक पहिरनमा सजिएका कोट एवं टाईवाला बाबा जसको हातमा पश्चिमा साहित्य एवं दर्शन हुन्छन त आफुलाई परमेश्वर र मानबबीचको मुख्य मध्यस्थकर्ता ठान्दछन् ।

उनीहरुलाई यहा नांगा बाबा भनेर सम्बोधन गरिएको छ ! नांगा बाबा यस अर्थमा कि उनीहरुको अन्तरवश्त्र (पेन्टी) कतिखेर घुडा मुनि पुग्ने हो सँगै बसेको महिलाले थाहै पाउदिनन् । झट्ट हेर्दा उनीहरू कपडामा सुसज्जित छन् तर विश्व बजारमा हरेक दिन आएको घटनालाई नियाल्ने हो भने बिचराहरूको कम्मर नै छैन जस्तो लाग्दछ । अधिकांशसको पाइन्ट उनीहरुको कम्मरमा अडिएको पाईदैन ।

पछिल्लो समयमा ‘न्युजविक’लगायत कयौ पत्रपत्रिकामा आएको समाचार अनुसार तथ्यांकलाई हेर्ने हो भने यस्तै नांगा बाबाले ४ बिलियन अमेरिकी डलर अर्थात रु ४,५४,४०,६२,४०,००० (साढे चार खरब) नेपाली रुपैयाँ बलात्कार गरेवापत मात्रै अदालतमा जरिवाना तिरेका रहेछन् । यी त मुद्दा परेकाले तिरे तर मुक्तिको भय, घटना बाहिर ल्याउँदा परमेश्वरद्वारा निम्तिने संकट, लाज शरम, इज्जत जाने डर र धम्की दिएर वा लोभ लालच दिएर अदालतसम्म नपुगेका मुद्दा अझ कयौं होलान ?, जसको अनुमानसम्म गर्न सकिन्न । अब तपाईहरू आफै सोच्नुस अवस्था कति भयाबह छ !

सन् २०१९ को एक महिनाको घटनालाई केलाउने हो भने ३ दर्जन पादरीहरू चर्चभित्र बलात्कार गरेको अभियोगमा पक्राउ परिसकेको खबर सार्वजनिक भएका छन् । तर, अचम्म उनीहरु नै नागा बाबाको विरोध गर्दछन । उनीहरु आफै वासनाको दलदल मा डुबेपनी उनीहरूको हिन्दु समाजमा भएका नागा बाबालाई हेरिने दृष्टिकोण फरक छ । भनिन्छ नि महिलालाई घर बाहिरको पुरुषसँग त जोगाउन सकिन्छ तर घरभित्र नै गिद्दे नजर लाउनेसँग कसरी जोगाउने ? यहाँको अवस्था यस्तै छ ।

राम्रा कपडामा सु सज्जित भएर के गर्नु जब उसको नियति नै खराब छ भने तर उता नागा बाबालाई हेर्नुस् उनीहरु सर्वांग नांगै छन् । तर, उनीहरुको नियत सफा छ शुद्ध छ सही छ ! उनीहरुको त्याग तपस्यालाई देखेर कयांै मानिस उनीहरुको दर्शन गर्न जान्छन् । तर, पनि कहिले उनीहरु यौन हिंसाको शिकार भएको पाइदैन । यदाकदा नशामा मात्तिएका र युवा जमातद्वारा उन्मुक्त बनाइएकाहरूबाट केही घटना र क्रियाकलाप हुने गरेका छन् तर तिनीहरु सबै गाउँ हुन् किन भने नशामा यहा कस्ता कस्ता को होस् गुम्दछ भने उनीहरु त नशामय वातावरण मै हुर्किएको हुन्छन् ।

जय भोले

फेसबुकबाट तपाईको प्रतिक्रिया