‘एर्पोट जाने दिन’ सार्वजनिक


आर्थिकन्यूज

काठमाडौं, माघ १२ । बाध्यताले देश छोडेर बिदेशी भुमी जाने नेपालीहरुको पिडा बोकेको नयाँ गीत ‘एर्पोट जाने दिन’ सार्वजनिक भएको छ । निकै मर्मस्पर्शी गीतमा भिडियो समेत उतिकै उत्कृस्ट बनेको छ । जहाँ मोडल सृष्टि खड्का , राज खत्री र अभिनेत्री रश्मी भट्ट देखिएकी छिन् । भिडियोले गरिब परिवारको कथालाई देखाएको छ ।

तिलक बस्नेतले स्वर भरेको सार्वजनिक गीतमा राज कुमार बगरको संगीत र लक्ष्मी प्रसाद घिमिरेको शब्द सुन्न सकिन्छ । काठमाडौँ आसपासमा खिचिएको भिडीयोको निर्देशन उत्कृस्ट सम्पादक निसान कस्यप घिमिरेले गरेका हुन् । भिडियोमा उत्सब दाहालको छायाँकन , सृष्टि थापा मगरको मेकअप र बिकास दाहालको सम्पादन समाबेश रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया