काठमाडौं, माघ ९ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हाल चुक्त पुँजी ६ करोड ५९ लाख ७७ हजार ९३८ रुपैयाँ चुक्तापुँजी रहेको यो वित्तीय संस्थाले दुई कित्ता शेयर वराबर नयाँ एक कित्ता अर्थात ५० प्रतिशतका दरले हकप्रद निष्कासन गरेको छ ।
यो संस्थाले एक सय अंकित दरका ३ लाख २९ हजार ८८९ कित्ता हकप्रद साधारण शेयरको निष्कासन गरेको हो । यो संस्थाले यही माघ १७ गतेदेखि फागुन २२ गतेसम्म आवेदन दिन पाइन्छ ।
यसको हकप्रद शेयरका लागि यही माघ १ गतेसम्म कारोबार गरेका शेयरधनीले हकप्रद शेयरको लागि आवेदन दिन पाइने यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक काठमाडौं क्यापिटल मार्केट हो ।