देव: विकास बैंकको नाफामा सामान्य गिरावट, अन्य सुचक कस्तो रहयो हेरौ !


आर्थिकन्यूज

काठमाडौं माघ ६ । देव: विकास बैंक लिमिटेड (Deva Bikas Bank Ltd.) ले आव २०७५/७६ को दोस्रो त्रैमासमा मुनाफा १३ करोड २९ लाख रुपैयाँ कमाएको छ । जसले यस त्रैमासमा सामान्यमा ५ दशमलव ४७ प्रतितशले घटेको छ । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा १४ करोड ६ लाख रुपैयाँ कमाएको थियो ।

अघिल्लो वर्षमा १ अर्ब ६३ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले ५५ दशमलव १२ प्रतिशतले वृद्धि गरी २ अर्ब ५३ करोड ३६ लाख रुपैयाँ पुर्याएको छ । जगेडाकोषमा ६१ करोड ३८ लाख रुपैयाँ छुटाएको छ । बैंकले निक्षेपमा १७ अर्ब ११ करोड ४२ लाख रुपैयाँ संकलन गरी कर्जामा १५ अर्ब ६९ करोड ७० लाख रुपैयाँ लगानी गरेको छ । बैंकले निक्षेपमा २६ दशमलव ६८ प्रतिशतले वृद्धि गरेको छ भने कर्जामा ३२ दशमलव ०२ प्रतिशतले वृद्धि गरेको छ ।

बैंकले खुद व्याज आम्दानी १६ दशमलव ८७ प्रतिशतले बढेर ३६ करोड ७३ लाख रुपैयाँ आर्जन गरेको छ भने संचालन मुनाफा ५ दशमलव ८८ प्रतिशतले घटेर २० करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ । बैंकले खुद व्याज आम्दानी बढाए पनि संचालन मुनाफा घटाएको हुदाँ नाफा घटाएको हो । बैंकले प्रोभिजनमा ८८ प्रतिशतले बढाएर ५ करोड १२ लाख रुपैयाँ छुटाएको छ ।

देव: विकास बैकको निष्कृय कर्जा २ दशमलव १७ प्रतिशत, जोखिम युक्ता सम्पत्ति १६ दशमलव ०७ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिकीकरण १० दशमलव ५० रुपैयाँ, मुल्य आम्दानीको आम्दानी १२ दशमलव १० गुणा, प्रतिशेयर नेटवर्थ १ सय २४ दशमलव २३ रुपैयाँ र तरलता अनुपात २५ दशमलव १७ प्रतिशत रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया