का.म.न.पा को ३२ वटै वडामा अब स्वचालित बत्ती


आर्थिकन्यूज

काठमाडौं, माघ १ । काठमाडौं महानगरपालिकाले मेयर उज्यालो कार्यक्रम भनेर इलोक्ट्रोनिक बत्ती जडान गरेको छ ।
काठमाडौं महानगरपालिकाको ३२ वटै वडा झिलिमिलि बनाउने भनेर ८ हजार बती मगाएको छ । ८ हजार बत्ति मध्ये ६ हजार बत्तिको जडान गरिसकेको र अरुको काम तिव्र रुपमा भैरहेकको काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले बताए ।

इलोक्ट्रोनिक बत्तिको सिस्टम राति भएपछि आफै बल्ने र दिउँसो आफै निम्ने रहेको छ । यो बत्ति एउटा बराबर ३ देखि ८ हजार मुल्य पर्नेछ । यसको क्षमता ३० देखि ५० वाट सम्मको रहेको प्रवक्ताले बताए ।

काठमाडौं महानगरपालिकाले इलोक्ट्रोनिक बत्तिको लागि ५ करोड रुपैया छुट्याको छ । महानगरपालिका भित्र अहिलेसम्म ६ सय स्थानमा इलेक्ट्रोनिक बत्ति राखिएको महानगरले जनाएको छ । सानो बाटो भएको र मानिसको आवतजावत कम भएको ठाउँमा ३० वाटको र फराकिलो ठाउँ मानिसको आवतजावत धेरै भएको ठाउँमा ५० वाटको राख्ने प्रवक्ताले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया