सिटिजन्स बैंकले ३.६ प्रतिशत बोनश शेयर र १.६ प्रतिशत नगद लाभांश बाँड्ने


आर्थिकन्यूज

काठमाडौं, पुस ३० । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको बाह्रौ वार्षिक साधारण सभाले ३.६ प्रतिशत बोनश शेयर र १ अर्ब ३१ करोड नगद लाभंश बाँड्ने भएको छ ।

संचालक समितिका अध्यक्ष डा.शंकर प्रसाद शर्माको अध्यक्षतामा काठमाडौँकोे लैनचौर बैँक्वेटमा सोमबार सम्पन्न भएको उक्त साधारण सभाले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई रु २९ करोड १४ लाख ४५ हजार ७ सय तिरहत्तर (करीव ३.६ प्रतिशत) बोनस शेयर तथा रु. १ अरब ३१ करोड ३५ लाख ५६ हजार १ सय त्रिचालिस (करीव १.६ प्रतिशत) नगद लाभांश दिने निर्णय पारित गरेको हो ।

साधारणसभाले आ.व.२०७४/७५ को संचालक समितिको वार्षिक प्रतिवेदनमा छलफल गरि उक्त प्रतिवेदनमा पारित गरेको छ । बैंक र सहायक कम्पनी सिविआईएल क्यापिटल लिमिटेड समेतको लेखापरीक्षकको प्रतिवेदनसहित २०७५ आषाढ मसान्तको वासलात, आ.व. २०७४/०७५ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको छ ।

सभाका अध्यक्षले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्नेमा विश्वास दिलाउदैँ भविष्यमा बैंकले अझ बढी प्रगति हासिल गर्न सक्ने विश्वास सभालाई गराएका थिए । साथै शेयरधनी तथा बैंकसँग सम्बन्धित अन्य महानुभावहरुले पु¥याउनु भएको सहयोगको लागि धन्यवाद प्रकट गर्दै भविष्यमा समेत सहयोग प्राप्त हुनेमा आशा राखेका थिए ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयले छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यल्ले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया