सेञ्चुरी बैंकको तीनवटा प्रदेश कार्यालयहरुको स्थापना


आर्थिकन्यूज

काठमाडौं, पुस ३० । नेपाल राष्ट्र बैंकको नीतिमा उल्लेख भए अनुसार सेञ्चुरी कमर्सियल बैंकले तीनवटा प्रदेश कार्यालयहरुको स्थापना गरेको छ ।

सो क्रममा बैंकले प्रदेश नं १ बिराटनगर, प्रदेश नं ३ मानभवन र प्रदेश नं ५ भैरहवामा प्रदेश कार्यालयहरुको स्थापना गरेको छ । यस अघि बैंकले गण्डकी प्रदेशमा पनि प्रदेश कार्यालयको उद्घाटन गरेको थियो ।

बैंकले हाल काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९६ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १२ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२९ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया