अन्तिममा कर तिर्ने चटारो


आर्थिकन्यूज

काठमाडौं, पुस ३० । चालू आर्थिक वर्षको दोस्रो त्रैमासको आज अन्तिम दिन आन्तरिक राजस्व विभागमा कर बुझ्ने र बुझाउनेको चटारो देखिएको छ ।

पुस मसाान्तसम्म कर चुक्ता गर्ने कम्पनी तथा व्यवसायीलाई विभागले छुट दिने नीति ल्याएका कारण मसान्तभित्र हिसाब राफराफ गर्नेको भीड बढेको हो । प्रायः अन्तिम समयमा काम गर्ने बानीका कारण आज देशभरका कर कार्यालयमा भीडभाड रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया