राष्ट्र बैंकको निर्देशन, महिना सकेको १५ दिनभित्रमै ऋणीको विवरण बुझाउने


आर्थिकन्यूज
nrb

काठमाडौं, पुस ३० । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ऋणी (ग्राहक) सम्बन्धी विवरण पठाउन निर्देशन दिएको छ । राष्ट्र बैंकले कर्जा सुचना केन्द्रलाई बलियो बनाउदै स्वीकृत गरेका र भाखा नाघेका कर्जाहरुको वितरण पठायन निदेशन दिएको हो ।

राष्ट्र बैंकले आफूले स्वीकृत गरेको सम्पूर्ण कर्जा–सुविधा र ९० दिन भन्दा बढीले भाखा नाघेका सम्पूर्ण कर्जा सुविधाको विवरण महिना सकिएको १५ दिनभित्र केन्द्रमा पठाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

केन्द्रीय बैंकले प्रत्येक आर्थिक वर्षको त्रैमास समाप्त भएको १५ दिनभित्र कर्जा चुक्ता नभएसम्म केन्द्रमा पठाउनु पर्नेछ । उक्त विवरणमा कुनै परिवर्तन भएमा वा कर्जा चुक्ता भएमा, भाखा नाघेको कर्जा नियमित भएमा वा भाखा मिति थप वा पुनरतालिकीकरण भएमा सो को जानकारी १६ दिनभित्र अनिवार्य रुपमा जानकारी गराउन निर्देशन दिएको छ ।

इजाजतपत्रप्राप्त संस्थामा कुनै व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाबाट कर्जा सुविधाको लागि आवेदन परेमा कर्जा विश्लेषणको लागि ग्राहक–ऋणीको विवरण माग गरेको छ । जसमा ऋणीको नागरिकताको प्रतिलिपि, स्थायी तथा अस्थायी ठेगाना, उसको तीन पुस्ते लिन राष्ट्र बैंकले भनेको छ । यस्तै, धितो मूल्याङकनकर्ताको नाम, थर, ठेगाना र १० लाख भन्दा माथिको हकमा इजाजतपत्र आवश्यक रहेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया