वैशाखमा आउँला त पाइपबाट तेल ?


आर्थिकन्यूज

काठमाडौं, पुस ३० । दक्षिण एसियाकै पहिलो क्रस बोर्डर परियोजनाका रुपमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत भारतबाट नेपालमा पेट्रोलियम पदार्थ आउँदो वैशाखदेखि ल्याउने गरी तयारी गरेको जनाएको छ।

भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म झण्डै ७० किलोमिटर लम्बाइको छ । तीमध्ये भारततर्फ मोतिहारीदेखि रक्सौलसम्म ३२ दशमलब २५ किलोमिटर र सीमावर्ती भारतीय शहर रक्सौल बजारदेखि बाराको अमलेखगञ्जसम्म ३७ दशमलब २५ किलोमिटर छ ।

परियोजनाअन्तर्गत पाइप बिछ्याउने काम तीव्र गतिमा भइरहेकाले वैशाखदेखि पाइपलाइन सञ्चालनमा आउने परियोजना कार्यालय सिमराले जनाएको छ ।

नेपालतर्फ ३७ दशमलब २५ किलोमिटर भू–भागमध्ये गण्डकदेखि परवानीपुरसम्म झण्डै एक किमी र पर्सा राष्ट्रिय निकुञ्जको नौ किमी गरी कुल १० किमी भू–भागमा मात्र पाइपलाइन ओछ्याउन बाँकी रहेको परियोजना कार्यालय सिमराका इन्जिनियर शरदप्रसाद पौडेलले बताए ।

भारत बिहारको राजधानी पटना हुँदै सिवान र मोतिहारीदेखि रक्सौलसम्म पाइपलाइन आउने भएकाले त्यस क्षेत्रमा झण्डै चार किमी पाइप ओछ्याउने काम बाँकी रहेको छ भने सीमावर्ती भारतको रक्सौलदेखि सिर्सिया नदीमा पाइप छिराइ वीरगन्ज भन्सारको शङ्कराचार्य गेटसम्म ल्याउने काम भइरहेको छ।

नेपाल–भारत दुवै सरकारको प्राथमिकतामा रहेको सो उक्त परियोजना भारतीय आयल कर्पोरेशन (आईओसी) को दुई अर्ब भारतीय रुपैयाँभन्दा बढीको लागतमा निर्माण भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया