सनराइज क्यापिटलले शेयरधनीलाई २० प्रतिशत नगद लाभांस दिने


आर्थिकन्यूज

काठमाडौं, पुस ३० । सनराइज क्यापिटल लिमिटेडको आठांै बार्षिक साधारण सभाले आ.ब. २०७४/०७५ को मुनाफाबाट शेयरधनीहरुलाई २०% नगद लाभांस दिने घोषणा गरेको छ ।

शनिबार सम्पन्न भएको बार्षिक साधारण सभाले सो निर्णय गरेको हो । साथै संचालक समितिले सिफारिस गरे बमोजिम साधारण सभामा अध्यक्षद्धारा प्रस्तुत आ.ब.२०७४/०७५ को बार्षिक प्रतिवेदन, लेखा परिक्षकका प्रतिवेदन पारित गर्नुका साथै आ.बा. २०७५/०७६ को लेखा परिक्षकका लागि लेखा परिक्षकमा वसौला एण्ड एशोसिएटस्लाई नियुक्त गरेको छ ।

कम्पनीको त्यस सभाले आफ्नो नियमावली संशोधन गरी २ स्वतन्त्र संचालक सहित कुल ६ जनाको संचालक समिती कायम गर्ने निर्णय गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया