विदेशबाट फर्केका युवाहरु स्वरोजगार बन्न आकर्षित, करिव १५ हजारले फारम भरे


आर्थिकन्यूज

काठमाडौ , पुष ३० । वैदेशिक रोजगारबाट फर्केका युवा स्वेदेशमै स्वरोजगार बन्न आकर्षित भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई विशेषगरि विदेश जाने युवालाइ मध्ये नजर गरेर स्वोरोजगार बन्न चाहाने युवालाइ सहुलियत व्याजदरमा ऋण दिन परिपत्र र ध्यानाकार्षण गराएको छ ।

स्वोरोजगार बन्न चाहाने युवालाई सहुलियत व्याजदरमा प्रतिव्यतिm १० लाख रुपैयासम्म ऋण दिने भएको छ । यसरी ऋण प्राप्त गर्न सकिने भएपछि युवामा स्वेदेशमा नै केही गर्ने सोच आएको हो ।

कम्तीमा ६ महिना विदेश बसेको र फर्केको तीन वर्ष नपुगेको युवाले ऋण पाउछन् । हाल सहुलियत ऋणका लागि १४ हजार ४ सय जनाले प्रत्यक्ष र करिब नौ सय जनाले अनलाइनबाट फारम भरेका छन् । सरकारले आवेदनाका लागि सोमबारसम्म अन्तिम म्याद तोकेको छ । एक साता यता १२ सय भन्दा बढीले फारम भरेका छन् ।

सरकारले दुई प्रतिशत व्याजमा ऋण दिने योजना आगाडि सारेको छ । त्यस्ता परियोजनाको कर्जा पाँच वर्ष भित्रा भुक्तानी गारिसक्नुपर्ने छ । तर बैकंले व्यवासयको प्रकृति अनुसार समय निर्धारण गर्न सक्छन् । युवाले व्यवसाय परियोजना धितो राखेर ऋण पाँउछन् ।

फारमाका आधारमा राष्ट्र बैकं , अर्थ मन्त्रालय र श्रम मन्त्रालय छलफल गरी ऋण प्रदान गर्ने छन् । राष्ट्र बैकको निर्देशनमा सम्बिन्धत जिल्लाका बैकले वैदेशिक रोजगार परियोजना अन्तर्गत युवालाइ ऋण प्रदान गर्नुपर्ने छ ।

विदेशमा सिकेको सीपको सही सदुपयोग हुन नसकेको अवस्थामा सरकारको यस्तो योजनाले युवाको सीप र कमाएको पैसाको सही सदुपयोग हुने देखिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया