प्राइम कमर्सियल बैंकको शाखा खप्तडछान्ना गाँउपालिकामा


आर्थिकन्यूज

काठमाडौं, पुस ३० । प्राइम कमर्सियल बैंक लिमिटेडले बझाङको खप्तडछान्ना गाँउपालिकामा शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बंैकको शाखा कार्यालय संख्या ७३ पुगेको छ ।

स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आज एक समारोहका बिच खप्तडछान्ना गाँउपालिका अध्यक्ष वर्क बहादुर रोकायाले शाखा कार्यालय खप्तडछान्नाको उदघाटन गरेका हुन् ।

साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया