माथिल्लो तामाकोशीको शेयरमा लगानीकर्ताको चासो, किन्ने मात्रै भए, बेच्ने कोही भएनन्, धेरैपछि मार्केट बुम


आर्थिकन्यूज

काठमाडौं, पुस ३० । सुस्ताएको शेयर बजारमा माथिल्लो तामाकोशीको शेयर बुम हुने देखिएको छ । आजको बजार खुल्ने वित्तिकै सो कम्पनीको शेयर खरिदका लागि लगानीकर्ताले उच्च चासो देखाएका छन् ।

आइतबारदेखि मात्रै दोस्रो बजारमा माथिल्लो तामाकोशीको शेयर कारोबार शुरु भएको हो ।

शुरुको दिन नेपाल स्टक एक्सचेञ्जले प्रतिकित्ता २२४ को सीमा निर्धारण गरेको थियो । आइतबार पनि कुनै शेयरधनीले सो कम्पनीको शेयर बिक्री गर्न चाहेनन्। आज पनि बजार खुल्ने बित्तिकै माथिल्लो तामाकोशीको शेयर प्रतिकित्ता ३३६ पुगेको छ ।

आज दिनभर सो कम्पनीको शेयर अझै बढ्ने देखिन्छ । पाँच प्रतिशतभन्दा माथि जाँदा स्टकले सर्किट ब्रेक लगाउने सम्भवना पनि उत्तिकै रहेको छ ।

आज कारोबार शुरु भएको १५ मिनेटमा नै तामाकोशीको शेयर ११२ आइतबारदेखि कारोबार शुरु भएको तामाकोशी जलविद्युत् कम्पनीको शेयर कारोबार भएको केही समयमा ११२ रुपैयाँले बढेको हो ।

स्टकको मार्केट डेफ्थका आधारमा हालसम्म २ लाख४३ हजार कित्ता शेयर खरिदका लागि अर्डर भएको छ । शेयर बिक्रीकर्ता भने कोही पनि देखिएका छैनन् । तर, आयोजनाको हालत भने खराब रहेको छ ।

भारतीय कम्पनी टेक्सम्याकोले काम नगर्दा आयोजना कहिले सकिने हो केही टुंगो छैन । सो कम्पनीको कामको जिम्मा अष्ट्रियाको कम्पनी एन्ड्रिज हाइड्रोलाई दिने तयारी गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया