सनराइज बैंक लिमिटेडको ११ अैां वार्षिक साधारण सभाबाट करिब ९४ करोड लाभंश बाँड्ने निर्णय


आर्थिकन्यूज

काठमाण्डौं, पौष ३० ।  सनराइज बैंक लिमिटेडको एघारौं वार्षिक साधारण सभा आइतबार बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा सम्पन्न भएको छ ।

उक्त साधारण सभाले बैंकको हालको चुक्तापूँजीको ११.५० प्रतिशतको दरले नगद लाभांश रु. ९३ करोड ७५ लाख ४३ हजार नौ सय बाईस रुपैयाँ सतासी पैसा लाभांश (लाभांश कर लाग्ने भएमा सो सहित) वितरण गर्न स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।

सो सभाबाट संस्थापक समूह ‘क’ तर्फबाट ३ जना सञ्चालक मोतीलाल दुगड, मालचन्द दुगड र ई. बच्छराज तातेड निर्विरोध निर्वाचित भएका छन् ।सोही साधारण सभाबाट सर्वसाधरण समूह ‘ख’ तर्फबाट ३ जना सञ्चालक शैलेन्द्र गुरागाई, श्रीमती शारदा शर्मा पुडासैनी र दीपक नेपाल निर्वाचित भएका छन् । साथै संचालक समितिको तर्फबाट मोतीलाल दुगडलाई सवर्सम्मत रुपमा अध्यक्षमा चयन गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया