वोमी माइक्रोफाइनान्स शत प्रतिशत हकप्रद शेयर जारी गर्ने


आर्थिकन्यूज
वोमी माइक्रोफाइनान्सले कति दिने भयो लाभांश ?

काठमाडौ, पुस २९ । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (Womi Microfinance Bittiya Sanstha Ltd.) ले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले पुस २८ गते बसेको संचालक समितिको बैठकले हकप्रद शेयर निष्काशन गर्ने निर्णय भएको छ ।

यस वित्तीय संस्थाले राष्ट्रिय स्तरमा लघुवित्त कार्यक्रम विस्तार गर्नका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरिसकेको सन्दर्भमा शाखा कार्यक्रम विस्तार गरी आगामी दिनमा व्यवसायिक कारोबार वृद्धि गर्दै लैजान सोही अनुपातमा लगानीको लागि आवश्यकता पर्ने पुँजी जुटाउन संस्थाकै शेयर पुँजी वृद्धि प्रमुख विकल्प रहेको हुनाले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत अर्थात १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया