बैंकमा खाता खोल्नेको संख्या दुई करोड ४३ लाख ५१ हजार


आर्थिकन्यूज

काठमाडौं, पुस २८ । गत मंसिरसम्म दुई करोड ४३ लाख ५१ हजार निक्षेप खाता बहाक पुगेका छन् । गत मंसिरसम्म दुई करोड पाँच लाखमात्रै निक्षेप खाता होल्डर थिए । यस वर्षको मंसिरसम्ममा एक करोड ९८ लाख ७९ हजार निक्षपकर्ताले वाणिज्य बैंकमा निक्षेप खाता खोलेका छन् भने ३९ लाख ३० हजारले विकास बैंकमा र पाँच लाख ४० हजारले ‘ग’ वर्गको फाइनान्स कम्पनीमा खाता खोलेका छन् ।

यस वर्षका मंसिरमा १३ लाख ३३ हजार कर्जा खाता होल्डर पुगेका छन् । त्यसरी नै कर्जा खाता होल्डर भने गत आवको मंसिरसम्म १३ लाख १७ हजार थिए । यस मंसिरसम्म कर्जा लिने १३ लाख ३३ हजारमध्ये नौ लाख ९४ हजारले वाणिज्य बैंकबाट कर्जा लिएका छन् भने तीन लाख १० हजारले विकास बैंक र ३९ हजारले फाइनान्स कम्पनीमा कर्जा लिनका लागि खाता खोलेका छन् । पछिल्लो समय बैंकमा खाता खोल्नेको संख्या बढ्दो अवस्थामा रहेको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए ।

सरकारले गएको आवको बजेटमार्फत एक व्यक्ति एक खाताको अवधारणा ल्याएको छ । पछिल्लो समय राष्ट्र बैंकले भने कुल जनसंख्याको ६० प्रतिशत मानिसमा वित्तीय पहुँच पुग्दै आएको मान्ने गरेको छ ।

‘ब्याजदरमा भएको वृद्धिलाई पनि निक्षेप खाता वृद्धिको आधार मान्न सकिने बताइएको छ । यसबाहेक बैंकहरुको शाखामा भएको विस्तारले पनि केही हदसम्म वित्तीय पहुँच समेत बढ्न पुगेको छ ।

मंसिरसम्म बैंक तथा वित्तीय संस्थामा कुल ३० खर्ब १३ अर्ब निक्षेप संकलन भएको छ । सो कुल निक्षेपमध्ये साढे ४६ प्रतिशत मुद्दती निक्षेप हो हो । उक्त मुद्दती निक्षेपमा वाणिज्य बैंकको ४६.६५ प्रतिशत हिस्सा रहेको छ भने ४३.४४ प्रतिशत विकास बैंकको छ । त्यस्तै कुल निक्षेपमा ३२.३० प्रतिशत बचतको योगदान छ भने चालु खाताको योगदान ८.३९ प्रतिशत रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया